फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार संविधानमा सपथ खाँदै उपप्रधानमन्त्री बनेपछि उनको पार्टीमा पहिरो जान थालेको छ ।
सोमबारै बारा र पर्साका फोरम लोकतान्त्रिकका नेताहरुले सामुहिक राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा पर्सा जिल्ला अध्यक्ष शशी कपूर मियाँ, बारा जिल्ला अध्यक्ष ओमप्रकाश चौधरी, पूर्वराज्यमन्त्रीद्वय कलावती पासवान र दूर्गादेवी महतोसमेत छन् । त्यस्तै सामुहिक राजीनामा दिनेमा फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य कृपासिन्धु चौधरी समेत छन् ।
गच्छदार सरकारमा गएपछि उनको मोर्चा औपचारिकरुपमा फुटेको छ । मोर्चाबाट शरदसिंह भण्डारी लगायत बाहिर निस्किएका छन् ।