काठमाडौं
असोज २६
जिल्ला विकास समिति काठमाडौंका सव इन्जिनियर शरदकुमार श्रेष्ठ घुस लिंदै गर्दा पक्राउ परेका छन् ।
काठमाडौंको नाङ्लेभारे सडकखण्ड मर्मतको ठेक्का पाएका ठेकेदारसँग दुई लाख रुपैयाँ घुस लिँदै गर्दा काठमाडौंको सामाखुशीबाट श्रेष्ठलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
सामाखुशी टाउन प्लानिङको एउटा खाजाघरबाट पक्राउ परेका श्रेष्ठको साथबाट घुस लिएको दुई लाख रुपैयाँ पनि बरामद भएको र यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।