27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 10:03

TRENDING .

हवाई इन्धन ल्याउने जिम्मा नेवानीलाई, डिजेल र पेट्रोलको टुंगो लाग्न बाँकी

- Advertisement -

Airline

काठमाडौं,

नेपाल आयल निगमले हवाइ इन्धन आपूर्ति गर्ने जिम्मा नेपाल वायुसेवा निगमलाई दिएको छ ।  आयल निगम व्यवस्थापन समितिको सोमबार बसेको बैठकले यो निर्णय गरेको निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो ।

निगमका अनुसार हवाई इन्धन आपूर्तिका लागि नेपाल वायुसेवा निगमले मनसायपत्र दर्ता गराएसँगै आयल निगमले उसलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

विभिन्न बहाना बनाई भारतले पेट्रोलियम पदार्थको आयातमा रोक लगाएपछि निगमले गएको विहीबार अन्तर्राष्ट्रिय बजारबाट पेट्रोलियम पदार्थ आयातका लागि मनसायपत्र आह्वान गरेको थियो ।

निगमका अनुसार पेट्रोलियम पदार्थ आपूर्तिका लागि २३ वटा विभिन्न फर्म तथा कम्पनीले निवेदन दिएका थिए । हवाइ इन्धन आपूर्तिका लागि नेपाल वायु सेवा निगमलाई जिम्मा दिइएपनि अन्य पेट्रोलियम पदार्थ आपूर्ति गर्न भने कस्लाई दिने भन्ने निर्णय हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

आयल निगमले आह्वान गरेको आशयपत्रमा कुनै पनि मुलुकबाट तथा जुनसुकै मार्गबाट पनि पेट्रोलियम पदार्थ आपूर्ति गर्न सकिनेछ । निगमले आपूर्ति व्यवस्थालाई सहज बनाउने हेतुले इच्छुक आपूर्तिकर्ताले तीन दिनभित्र अहिलेलाई १५ दिनका लागि प्रतिदिन डिजल २०० किलोलिटर, पेट्रोल १०० किलोलिटर, हवाई इन्धन र मट्टितेल २००/२०० किलोलिटर र खाना पकाउने ग्यास १०० मेट्रिक टन आपूर्ति गर्नुपर्नेछ । यो परिमाणको पेट्रोलियम पदार्थ ल्याउन सक्ने जुनसुकै फर्म तथा संस्थाले निवेदन दिन सक्ने जनाएको थियो ।

– राससको सहयोगमा

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्