27 C
Kathmandu
Thursday, July 9, 2020
2020 Jul 09, Thursday 04:42

TRENDING .

संघीयतामा हेरफेरसहित संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री गच्छदार

- Advertisement -

bijaya-gachhadar1

काठमाडौं, असोज २५

नवनियुक्त उपप्रधानमन्त्री विजयकुमार गच्छदारले तराई–मधेसमा जारी आन्दोलनका माग सम्बोधनका लागि संघीयताको संरचनामा हेरफेरसहित संविधान संशोधन गरिने बताउनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उहाँले मधेसी, थारू र जनजातिसँगको छलफलमा आवश्यकताअनुसार संघीयताको संख्या र सीमामा हेरफेर गरिने र अन्य मागलाई पनि छलफलबाट सम्बोधन गरिने बताउनुभयो ।

संविधानमा संशोधनका लागि सरकार गठनपूर्व नेकपा एमाले, एकीकृत नेकपा माओवादी र आफ्नो पार्टी मधेसी जनाधिकार फोरम लोकतान्त्रिक बीच आठबुँदे सहमति भएको स्मरण गराउनुभयो ।

उहाँले संविधान जारी गर्नुपूर्व प्रमुख तीन दलका बीचमा भएको १६ बुँदे सहमतिको मर्मअनुसार संविधान संशोधन हुने जनाउनुभयो । सहमतिमा आठ प्रदेशमा जाने उल्लेख थियो भने नयाँ संविधानमा सात प्रदेशको व्यवस्था गरिएको छ । गच्छदारले संविधान संशोधनमा नेपाली कांग्रेसको पनि सहमति हुने दावी गर्नुभएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

17 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्