27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 08:45

TRENDING .

ओली प्रधानमन्त्री चयन

- Advertisement -

KP-oli-Elected

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको छ । कांग्रेस सभापति सुशील कोइरालालाई पछि पार्दै ओली नेपालको ३८ औं प्रधानमन्त्री चयन हुनु भएको छ । उहाँ कम्युनिष्ट पार्टीको तर्फबाट प्रधानमन्त्री हुने छैटौं व्यक्ति हुनुहुन्छ ।

व्यवस्थापिका संसदका ५ सय ८७ सदस्यले मतदान गरेकोमा ओलीको पक्षमा ३ सय ३८ मत परेको छ । कोइरालाको पक्षमा भने २ सय ४९ मत मात्र परेको छ । ओलीको पक्षमा नेकपा एमालेका १ सय ८३ सांसद, एकीकृत नेकपा माओवादीका ८३, राप्रपा नेपालका २५, मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का १४ सांसदले मतदान गरेका थिए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको १२, नेकपा माले ५, राष्ट्रिय जनमोर्चाको ३, नेपाल परिवार दलका दुई, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका दुई बहुजनशक्ति पार्टी एक, मधेस समता पार्टी नेपालका एक, नेपाः राष्ट्रिय पार्टी, नेकपा संयुक्तका तीन सांसदले पनि ओलीलाई मतदान गरे ।

कोइरालाको पक्षमा भने कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदले मतदान गरे । बैठकस्थलबाट बाहिरिएका कारणकांग्रेसका ३ जना सांसदले भने मतदान गर्न पाएनन्

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्