संसद सदस्यबाट बाबुरामको राजीनामा स्वीकृत
२४ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद सदस्यबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
प्रधानमन्त्री निर्वाचनको केहीबेर अगाडि भट्टराई स्वयं उपस्थित भएर सनाखत गरेपछि सभामुख सुवास नेम्वाङले उनको राजीनामा स्वीकृत गरेका हुन् ।
भट्टराईले असोज पाँच गते एमाओवादी परित्याग गर्दै संसद सदस्यबाट पनि राजीनामा दिएका थिए । तर, एमाओवादी अध्यक्ष प्रचण्डले रोकेपछि सभामुखले उनको राजीनामा स्वीकृत गरेका थिएनन् ।