27 C
Kathmandu
Friday, October 23, 2020
2020 Oct 23, Friday 04:43

TRENDING .

वन्य जन्तु संरक्षणका लागि राष्ट्रिय फुटबल प्रतियोगिता

- Advertisement -

aaaaaaaaaaaaaaaaaaaaaaa

नवलपरासी
नवलपरासीमा राष्ट्रिय स्तरीय राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिता हुनेभएको छ ।
नवलपरासीको कोल्हुवामा राष्ट्रिय स्तरको राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगीता हुने भएको छ । नन्द भाउजू मध्यवर्ती उपभोक्ता समितिले आयोजना गरेको फुटवल प्रतियोगिता यही असोज २८ गतेदेखि सञ्चालन हुने मंगलवार कावासोतीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । एक सिगेँ गैडाको संरक्षण र वन्यजन्तुको चोरी शिकार नियन्त्रणका लागि युवाहरुलाई प्रत्यक्ष सहभागी गराउने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको प्रचार समिति संयोजक विष्णु अधिकारीले जानकारी दिए ।
साविकको कोल्हुवा र नारायणी गाविसमा रहेको नन्दभाउजू मध्यवर्ती उपभोक्ता समिति पश्चिम सेक्टर नवलपरासीको आयोजनामा प्रतियोगिता हुन लागेको प्रचार समिति संयोजक विष्णु अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा नवलपरासी , चितवन, रुपन्देही, कास्की, काडमाण्डौ , पाल्पा मकवानपुर सहितका जिल्लाहरुबाट १२ वटा टिमको सहभागिता रहने पत्रकार सम्मेलनमा जनाइएको छ ।
विगत १० वर्षअघिबाट संचालन हुदै आएको यो प्रतियोगिता विविध कारण बस विचमा केहि वर्ष रोकिएको थियो भने यस वर्षबाट यसलाई निरन्तरता दिईने पत्रकार सम्मेलनमा संरक्षक अधिकारीले बताए ।
नवलपरासीको मध्यवर्ती क्षेत्र पर्यटकिय रुपमा भरिपुर्ण रहेको र दुर्लभ वन्यजन्तुहरुको वासस्थानहरु पनी रहेकोले त्यसको संरक्षणकालागी जनचेतना जगाउने उद्देश्यले संचालन हुन लागेको यस प्रतियोगितामा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय , बन मन्त्रालय , राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभाग , चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिती , जिविस नवलपरासी, जिल्ल फुटवल संघ नवलपरासी , डब्लु डब्लु एफ, तालले प्रायोजन, सम्बर्धन, र संरक्षणको भसमिका निर्वाह गरेको समेत पत्रकार सम्मेलनमा अधिकारीले बताए ।
प्रतियोगिता मध्यविन्दु नगरपालिका–२ साविक कोल्हुवा–५ मा रहेको कुमारवर्ती उच्च माविको खेल मैदानमा हुने जनाएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्