27 C
Kathmandu
Monday, March 8, 2021
2021 Mar 08, Monday 12:46

TRENDING .

इन्धन अभावले सवारी साधन पातलियो, यात्रुलाई सास्ती

- Advertisement -

Bus 1

नवलपरासी,
भारतले गरेको नाकाबन्दी र मधेष आन्दोलनका कारण नवलपरासीमा इन्धन अभाव भएसंगै नीजिदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा निक्कै कमी आएको छ । जसले गर्दा यात्रुहरुले निक्कै सास्ती वेहोर्नु परेको छ ।
नवलपरासीमा केही पेट्रोल पम्पहरुमा एउटा सवारी साधनमा १२ लिटरका दरले डिजल वितरण गरिए पनि पेट्रोल भने वितरण गरिएको छैन । जसले गर्दा मोटरसाइकल कार जस्ता निजी सवारी साधनमा कालो बजारी गर्ने संग महंगोमा तेल किनेर सञ्चालन गर्न बाध्य भएका छन् जसले गर्दा निक्कै कम मात्रमा सवारी साधन सञ्चालनमा आएका छन् ।
त्यस्तै डिजल अभाव भएसंगै नवलपरासीमा लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा कमी आएको छ । बुटवल नारायणगढ चल्ने छोटो दुरीका सवारी साधन सामान्य अवस्थामा पांचदेखि सात मिनेटको अन्तरमा एउटा बस सञ्चालनमा आउने गरेकोमा अहिले आधादेखि एक घण्टाको अन्तरालमा सञ्चालनमा आएको छ । त्यसले गर्दा यात्रुहरुले घण्टौंसम्म सवारी साधन कुर्नु पर्ने र त्यसमा पनि ठेलमठेल गरेर चढ्नु परेको छ ।
त्यसमाथि सांझको समयमा छोटो दुरीका बस सञ्चालनमा नआउंदा थप समस्यामा परेका छन् । अधिकांस बस सञ्चालकसंग रहेको बांकी मौज्दात तेल सकिएकोले निकै पातलो रुपमा सवारी साधन सञ्चालन गर्नु परेको स्थानीय यातायात सञ्चालक यमबहादुर आलेले बताए ।
यात्रुको तुलनामा सवारी साधनको चाप अन्यन्तै न्यून भएपछि यात्रुहरु जोखिम मोलेर छतमा बसेर समेत यात्रा गर्न बाध्य भएका छन् ।
त्यसैगरी काठमाडौं, पोखरा, लगायत पूर्वबाट आउने र बुटवलबाट नवलपरासी नारायणगढ हुंदै पूर्व जाने सवारी साधनको चाप पनि नवलपरासीमा ज्यादै न्यून भएको छ । लामो दुरीका सवारी साधनमा पनि यात्रुहरु बसको छतमा चढेर यात्रा गर्न बाध्य हुने गरेका छन् ।
नवलपरासीमा अहिले केही मात्रामा डिजल आएपनि पेट्रोल नआएको र नवलपरासीमा अझै ३, ४ दिन अवस्था यस्तै रहे इन्धनको अभावमा सवारी साधन सञ्चालन ठप्प हुने सम्भावना रहेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्