नवलपरासी । नवलपरासीको परासी भुमही सडक खण्डको रानीपाकडस्थित मलामी गईरहेको बसको छतबाट खसेर आज एक जना युवाको मृत्यु भएको छ । त्रिवेणीका लागि हिडेको लु १ ख ८१५६ नम्बरको बसको छतबाट खसेर रामग्राम नगरपालिका ५ परासी बस्ने वर्ष २२ को सुरज गुप्ताको घनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बस सुक्रौलीको घिनाहा गाउंबाट शव लिएर जाँदै थियो । चलिरहेको बसको छतबाट ओर्लने क्रममा खस्न पुग्दा पछाडीको चक्काले किचेर गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ ।