27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

सही ब्रा नरोजे नीलडामदेखि क्यान्सरसम्मको खतरा

- Advertisement -
- Advertisement -spot_imgspot_img

विश्‍वमा हरेक दिन प्रत्येक तीनमा एक महिलाको मृत्यु स्तन क्यान्सरकै कारण हुने विभिन्न अनुसन्धानले देखाएको छ। यसरी स्तन क्यान्सर गराउने कारणमध्ये अनुपयुक्त तरिकाले लगाइने ब्रा पनि  एक प्रमुख कारण हो ।कस्सिएको ब्रालाई चौबीसैघन्टा लगाइरहँदा यसले शरीरमा रक्त सञ्चारमा प्रभाव पार्नुको साथै विषाक्त पदार्थहरू एकै ठाउँमा जमिरहँदा क्यान्सरसमेत हुने सक्ने बेलाबेलामा हुने विभिन्न अध्ययनले समेत पुष्टि गरेको छ।  महिला भित्री पोसाकको सम्बन्ध शारीरिक सौन्दर्यमा मात्रै नभई स्वास्थ्यसँग पनि गाँसिएका हुनाले विशेषगरी आमाले आफ्नो छोरीलाई राम्ररी बुझाउनुपर्ने हुन्छ।

विदेशमा ग्राहकले ‘अप्वाइन्टमेन्ट’ लिएरमात्रै ब्रा किन्न जाने गर्छन्। ग्राहकको स्तनको आकार प्रकार, उनको शारीरिक बनावट र उनले कस्ता पहिरन लगाउँछिन् भन्ने बारेमा सम्पूर्ण जानकारी लिएपछि मात्रै उनका लागि उपयुक्त ब्रा बेच्ने गरिन्छ। तर नेपालमा भने यस्तो चलन छैन।

सही तरिकाले ब्रा लगाउन चित्रमा हेर्नुहोस ..

 

baraलगाएको तरिका नमिल्दा हुने समस्याहरु

– स्तन कोषिकालाई हानि पुर्‍याउने

– छाती दुख्‍ने

– ढाँड दुख्ने

– स्वाशप्रश्वासमा समस्या

– गर्धन दुख्ने

– कुम दुख्ने

– शारीरिक बनावटमा असर

– शरीरमा असहज हुनुको साथै चिलाउने र दुख्ने

सुझावहरु

– प्रत्येक दिन लगाउँदा टिसर्ट ब्रा लगाउनुपर्छ। यसको बाहिरी भाग सादा र चिप्लो हुने हुनाले यसको बाहिर साधा वा बुट्टेदार दुवै खालका लुगा लगाउन सकिन्छ।

– किशोरी अवस्थादेखि नै ब्रा लगाउनुपर्छ। यस अवस्थामा स्तनको विकास हुने भएकाले धेरै कसिने र तारयुक्त ब्रा लगाउनु हुँदैन। बरू अलि ठूलो भए केही फरक पर्दैन।

– कुनै पनि व्यायाम गर्दा वा खेल खेल्दा स्पोर्ट्स ब्रा लगाउँदा सजिलो हुन्छ।

– गर्भवती भएको तीन महिनासम्म सामान्य ब्रा नै लगाए हुन्छ। तर यसपछि भने म्याटरनिटी ब्रा लगाए राम्रो हुन्छ। यसमा सातवटा क्लिप हुन्छ। महिनैपिच्छे शरीरको तौल र आकार बढ्दै जाने हुँदा त्यही अनुरूपक्लिपले ब्रालाई ठूलो बनाउँदै लैजान सकिन्छ।

– गर्भवती अवस्थामा तार भएको टाइट ब्रा लगाउनुहुन्न। यसले स्तनका नसाहरू थिचिएर त्यसको विकासमा पनि असर गर्नुको साथै सुत्केरीपछि दूध उत्पादनमा पनि समस्या हुन्छ।

– सुत्केरी अवस्थामा पनि क्लिप फुकालेर दूध खुवाउन मिल्ने ब्रा लगाउनुपर्छ।

– ब्रा किन्दा राम्रोभन्दा पनि सजिलो र आडिलो रोज्नुपर्छ। त्यसैगरी आफ्नो स्तनको कप साइजमा पनि ध्यान दिनुपर्छ।

– ब्राको फित्ता बढी कस्सिएमा पाखुरा झमझम हुने, नीलो डाम बस्ने, ढाड दुख्ने हुनाले नरम फित्ता भएको रोज्नुपर्छ।

– ब्रा लगाउँदा एउटा फित्ता बढी कस्ने र अर्को हल्का गर्दा यसले स्तनको आकारलाई पनि सानो ठूलो देखाउने हुनाले दुवैलाई बराबरी कस्नेमा ध्यान दिनुपर्छ।

– कुनै पनि पार्टीमा जाँदा पुस अप ब्रा लगाए यसले स्तनलाई माथि उठाएर शरीरलाई हट एन्ड सेक्सी लुक दिन्छ।

संवेदनशील छालामा ब्रा लगाउँदा चिलाउने र पोल्ने भएकाले सकेसम्म कटनकै ब्रा रोज्नु राम्रो हुन्छ।

– ठूला स्तन हुनेहरूले मोटो फित्ता भएको ब्रा लगाउँदा यसले बढी आड दिन्छ।

– स्तन क्यान्सर भएका व्यक्तिहरूले तार भएको ब्रा नलगाउने। त्यसैगरी नाइलनको ब्रा पनि राम्रो हुँदैन। सधैं कटनकै ब्रा लगाउनुपर्छ।

– शरीर ज्यादै मोटो भएर ब्रा ठीक भएन भने ब्रा एक्सटेन्डरलाई त्यसमा जोडेर लगाउन सकिन्छ।

– कसैको निप्पल ठूलो भएर ब्रा लगाउँदा पनि बाहिर आकार देखिन्छ भने पहिले निप्पल सिल लगाएरमात्रै ब्रा लगाउनुपर्छ।

– शल्यक्रिया गरेर स्तनलाई ठूलो देखाउँदा यसले पछि नराम्रो असर पार्ने हुनाले स्तनको आकारलाई ठूलो देखाउन दुई सय प्रतिशत बुस्ट ब्रा लगाउन सकिन्छ। एजेन्सी ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!