काठमाडौ । तपाईंलाई अनौठो लाग्न सक्छ अनुहार सफा गर्ने पनि कुनै तरीका हुन्छ भनेर । तर जानी सकेपछि अचम्म लाग्न पनि सक्छ अनुहार धुँदा पनि मानिसले कति गल्ती गर्दो रहेछ भनेर । त्यसैले अनुहार धुने बेलामा ख्याल गर्नुहोस् । यसो गर्नाले अनुहारको छाला स्वस्थ्य रहन्छ ।
१. सावुन या बडीवासले अनुहार नधुनुहोस् किनकी तपाईंको अनुहारको अन्य अंगको तुलनामा मुकावला असाध्दै संवेदनशील हुन्छ ।
२. तपाईंको अनुहार ड्राइ छ भने तपाईंले केसर, मह, र दुध युक्त फेसवासको प्रयोग गर्नुहोस् ।
३. यदि तपाईको अनुहार चिल्लो छ भने तपाईंले एलोभेरा मिन्ट या नीम युक्त फेसवासको प्रयोग गर्न सक्नुहून्छ ।
४. फेस वास गर्दा एकदमै तातो र एक दमै चिसो पानी पनि प्रयोग नगर्नुहोस् ।
५. ताजा, सफा र मनतातो पानी प्रयोग गर्न सक्नुहुन्छ । अनुहारको फोहरलाई विस्तार मिचेर हटाउनु होस् ।
६. जहिले पनि अनुहारलाई विस्तारै विस्तारै पुछ्ने गर्नुहोस् जोड्ले नपुछ्नु होस् ।
७. विशेष परिस्थितिमा बाहेक २ पटक फेसवासले अनुहार सफा गर्नु होस् ।
८. मेकअप पछि अनुहार पखाल्नुहुँदै छ भने पहिले मेकअपलाई हटाउनु होस् ।