27 C
Kathmandu
Thursday, July 9, 2020
2020 Jul 09, Thursday 03:08

TRENDING .

रजश्वलाका बेला पेट दुख्छ ?? कम गर्न यसो गर्नुहोस् !!!

- Advertisement -

काठमाडौँ । महिनावारी वा रजश्वला जे भने पनि यो प्राकृतिक नियम हो । तर यो प्राकृतिक तालीकाले कुनै युवतीलाई ज्यानै लिने गरी पेट दुखाएका कारण उनीहरुले त्यो दिनको स्मरण नै गर्न चाहँदैनन् । पेट, कम्मर र ढाडमा हुने पीडा महिनावारी अनियमित हुँदा हुने गर्दछ र यस्तो पिडालाई सहन निकै गाह्रो हुने तपाइहामीले हाम्रै घरपपरिवारका दिदी बहिनी र आफन्तहरुमा देख्दै भोग्दै आएकै छौँ ।

periodमहिनावारीमा अनियमितता हुने भएका कारण कुनै पनि महिलाका लागि महिनाका ती दिनहरु निकै तनावपूर्ण र पीडादायक हुने गर्दछ । कहिले महिनामा दुईपटक वा दुई महिनामा एकपटक हुने गर्दछ । कहिलेकाँही निकै चिसो खाना खानाले महिनावारी नियमित हुने गर्दैन भने कहिले निकै गर्मी कुराहरु खानाले महिनावारी हुने गर्दछ । महिलाले महिनावारी हुँदा निकै सावधानी अपनाउनुपर्ने हुन्छ ।

यस्तो बेलामा के कस्ता खानेकुरा खाने भन्ने विषयमा पनि विशेष ध्यान दिनुपर्छ । यस्तो अवस्थामा विभिन्न फलफुलहरुले दुखाइको पिडालाई कम गर्ने गर्दछन् । गाजरको सेवनले महिनावारीको पीडालाई कम गर्ने गर्दछ । स्त्रीरोग विशेषज्ञका अनुसार, एक गिलास पानी र जुसले पनि माहिनावारी भएको बेला रक्त प्रवाह राम्रो तरिकाले हुने गर्दछ र पीडाबाट पनि राहत मिल्ने गर्दछ । त्यस्तै महिनावारीको दौरान एक चम्चा महमा घिउकुमारी मिसाएर खानाले भइरहेको पीडालाई कम गर्ने गर्दछ ।

पीडा भइरहेको बेलामा तुलसीको पातलाई चियामा मिसाएर खानाले पनि पिडा निको हुनसक्छ । त्यस्तै एक कप पानीमा अदुवालाई काटेर उमालेर खाँदा यसले केही सहजता थप्छ । तातो पानीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पीडा कम हुने गर्दछ । त्यस्तै विभिन्न किसिमका व्यायामले पनी युवतीको दुखाईलाई कम गर्ने काम गर्दछ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्