27 C
Kathmandu
Thursday, July 9, 2020
2020 Jul 09, Thursday 05:15

TRENDING .

अब भिडियोलाई नै बनाउन सकिन्छ फेसबुकको प्रोफाइल पिक्चर, फेसबुकले ल्यायो विभिन्न नयाँ फिचर

- Advertisement -

facebook-video-profile-gif-e1443754327555​पछिल्लो समय भिडियो सेवालाई बढि प्राथमिकता दिएको दुनियाको सबैभन्दा ठूलो सोसल नेटवर्किंग साइट फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर थप गरेको छ । फेसबुकको यो नयाँ फिचर अनुसार अब भिडियोलाई नै आफ्नो प्रोफाइल पिक्चर समेत बनाउन सकिनेछ ।

फेसबुकले मोबाइल प्रयोगकर्ताका लागि प्रोफाइलको रि डिजाइन गरेको हो । जस अनुसार ७ सेकेण्ड लामो भिडियो तथा आफ्नो एनिमेटेड तस्वीरलाई समेत प्रोफाइल पिक्चर बनाउन सकिनेछ । त्यसका साथै फेसबुकले अस्थायी प्रोफाइल पिक्चरको फिचर पनि थप गरेको छ ।

जस अनुसार प्रयोगकर्ताले निश्चित समयसम्मका लागि आफ्नो कुनै तस्वीर वा भिडियोलाई अस्थायी प्रोफाइल पिक्चर बनाउन सक्नेछन् जुन उक्त समयपछि आफै हट्नेछ र पूरानै प्रोफाइल पिक्चर देखिनेछ । यो फिचर खासगरी फेसबुक प्रयोगकर्तालाई आफ्नो जन्मदिन तथा विदाको दिन फेसबुक मार्फत मनाउन उपयोगी हुनेछ ।

त्यसका साथै अब प्रोफाइल पिक्चरको माथि पट्टि आफ्नो बारेमा वा आफुले चाहेको केही कुरा लेख्न सकिने समेत भएको छ । यसरी प्रोफाइल पिक्चरको माथिपट्टि नै आफ्नो संक्षिप्त परिचय लेखिएमा मानिसहरुलाई कुनै व्यक्तिको बारेमा बुझ्नका लागि प्रोफाइलको अबाउट अप्सनमा क्लिक गरिरहनुपर्ने छैन । यसका लागि फेसबुकले प्रोफाइलमा बायो फिल्ड थप गरेको छ । साथै फेसबुकले आफ्ना मोबाइल प्रयोगकर्ताका लागि मोबाइलकेन्द्रित डिजाइनका साथ प्रोफाइल तस्वीरलाई ठूलो आकारमा बीचमै देखिने बनाउनुका साथै फोटो तथा फेसबुके साथीको सूचिका लागि ठूलो ठाउँ छुट्टाएको छ ।

प्रोफाइल पिक्चरमा भिडियो अपलोड गर्नका लागि प्रोफाइल पिक्चरमा रहेको रेकर्ड बटन थिचेर ७ सेकेण्ड सम्मको आफ्नो भिडियो खिच्नुपर्नेछ । यो भिडियो क्लिक नगरिएसम्म आवाज विना नै अटोप्ले भैरहेको हुनेछ ।

फेसबुकले सुरु गरेको अर्को नयाँ फिचर हो, फिचर्ड फोटो । जस अनुसार तपाइँले आफ्नो फेसबुकमा रहेका मध्ये पाँच वटा तस्वीरहरु छान्न सक्नुहुनेछ जुन तपाइँको प्रोफाइलको सबैभन्दा माथि देखिनेछन् ।

पछिल्लो समय फेसबुकले साइटलाई बढि जिवन्त बनाउन तथा अन्य प्रतिस्पर्धी सोसल साइटहरुको चुनौति सामना गर्नका लागि भिडियो फिचरमा जोड दिएको छ । अटोप्लेइङ भिडियो फिचरको लोकप्रियताबाटट हौसिएको फेसबुकले ३६० डिग्री भिडियो फिचर सुरु गरेको थियो ।

यसका साथै फेसबुकले एक नयाँ तथ्यांक पनि सार्वज्निक गरेको छ । तथ्यांक अनुसार हरेक दिन ४ अर्ब पटक फेसबुक प्रोफाइल हेर्ने गरिएको छ । पछिल्लो एक वर्षमा फेसबुकमा दैनिक भिडियो हेर्नेको संख्या चार गुणाले बढेर दैनिक ४ अर्ब पुगेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्