१५ असोज, एजेन्सी । सञ्चारमाध्यममा छाइरहन रुचाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यो पटक अमेरिका जाँदा फेसबुक र गुगलका केन्द्रीय कार्यालसम्म पुगे।
गुगलको कार्यालय र फेसबुकको कार्यालय पुग्दा सञ्चारमाध्यममा खुबै चर्चा भयो । फेसबुकको कार्यालयमा पुग्दा एक भेटका क्रममा अनुहार देखाउनैका लागि मोदीले फेसबुकका मालिक मार्क जुकरबर्गलार्इ तानेर पछाडि लगेको दृश्य विश्वभर भाइरल भएको छ ।
अमेरिकामा उनका केही गतिविधिले हाँसोका पात्र भएका उनी नेपालमा नाकाबन्दी लगाएपछि सबैभन्दा घृणाका पात्र भएका छन् । यसो त नरेन्द्र मोदीलाई विश्वकै सबै भन्दा ठुलो र बिस्वसिलो इन्टरनेट सर्च इन्जिन (Search Engine) गूगलले (GOOGLE) दुनियाँका सबैभन्दा बेवकुफ प्रधानमन्त्री नरेन्द्र मोदी भनेर लिस्टिंग गरेको छ ।