27 C
Kathmandu
Thursday, July 9, 2020
2020 Jul 09, Thursday 03:42

TRENDING .

‘नाई’ भन्न नजान्दा यसरी फसिन् अनु

- Advertisement -

anu-shah​नायिका अनु शाहले ‘हुँदैन’ भन्न नजान्दा उनी विवादमा फसेकी छिन् । एक गीतको छायांकनका लागि वुटवल आउँछु भनेर नपुग्दा अनुप्रति गीतका निर्माता खनिएका छन् । अनुले वुधबार बेलुकी दशै र तिहारको गीतको छायांकनका लागि आफू आउने बताएकी थिइन् । तर, बिहिबार अनु नपुगेपछि छायांकन स्थगित गरेर यसको निर्माणपक्ष आक्रोशित बनेको छ ।

एकता फिल्मस् प्रालीको यूनिटसँग अनुले आफू छायांकनका लागि आउने बताएकी थिइन् । तर, उनले वुधबार रातभरी मोबाइल अफ गरेपछि निर्माणपक्ष तनावमा परेको थियो । बिहिबार बिहान १० बजेसम्म पनि अनु नपुगेपछि एकता फिल्मस्ले छायांकन शनिबार सम्मलाई सारेको छ । अब शनिबार रश्मी तामाङ र शशी खड्कालाई लिएर गीत छायांकन गर्ने तयारी गरिएको छ ।

अनुलाई २० हजार पारिश्रमिक दिने मौखिक सहमती भएको थियो । नायिका अनु शाहले आफूले आउछु भन्नु नै गल्ती भएको स्विकार गरिन् । अनुले भनिन्-‘मलाई ‘नाई’ भन्न नै आउँदैन । वुधबार बेलुकासम्म पुग्छु भन्ने लागेको थियो । तर, ट्याक्सी खोज्दा पनि पाइएन । मोबाइल पनि अफ भयो ।’

उनले आफ्नो धोका दिने कुनै नियत नभएको भन्दै ‘आउछु’ भनेर नपुग्नु आफ्नो गल्ती भएको स्विकार गरिन् । बिहिबार बिहानसम्म भएपनि पुग्छु भनेर प्रयास गरेको तर नसकेको अनुको तर्क छ ।

बब्बु थापाले निर्देशन गर्न लागेको दशै र तिहार बिषयको गीत ‘दशैमा दुर्गाको पुजा, तिहारमा’ बोलको गीतका लागि अनुलाई मोडलिङ गराउने तयारी गरिएको थियो । अनु आउने भनेपछि बुटवलको सिद्धेश्वरी उच्च मावीमा स्टेज बनाएर एक सय मानिसलाई पनि निमन्त्रणा गरिएको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्