27 C
Kathmandu
Monday, July 6, 2020
2020 Jul 06, Monday 08:52

TRENDING .

पेट्रोल जोगाउने काइदा : १० प्रतिशत इथाइनल मिसाउन सकिन्छ

- Advertisement -

१५ असोज, काठमाडौं । भारतको अघोषित नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको हाकाकार चुलिएका बेला चिनी उद्योगीहरुले पेट्रोलमा इथाइनलको प्रयोग गर्न सुझाव दिएका छन् ।

चिनी उद्योगीले सरकारलाई औपचारिकरुपमा नै पत्र लेखेर इथाइनलको प्रयोगमा प्रोत्साहन दिन माग गरेका छन् । यसो गर्दा थोरै पेट्रोलबाट धेरै काम गर्न सकिने दाबी गरिएको छ ।

कैलालीको लम्कीचुहामा बन्द अवस्थामा रहेको बासुलिङ्ग सुगर मिलका सञ्चालक अरुण चन्दले बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पेट्रोलमा इथाइनल किनेर मिसाउन औपचारिक आग्रह गरेको जानकारी दिए ।


कसरी बन्छ इथाइनल ?

इथाइनल उखुबाट चिनी बनाउने प्रक्रियामा निस्कने खुदोबाट तयार गरिने एक प्रकारको इन्धन हो । चिनी बनाउने प्रक्रियामा एक किसिमको खुदो निस्किन्छ ।

एक क्विन्टल चिनी उत्पादन हुँदा झण्डै ५ किलो खुदो पनि निस्किन्छ । त्यो खुदोलाई अहिले धेरै चिनी उद्योगले ‘रेक्ट्रीफाइट स्प्रिट’ बनाउन प्रयोग गर्छन् । कतिपयले त्यसैबाट हार्डडि्रंक्स र रक्सीमा प्रयोग हुने ‘एक्स्ट्रा नेचुरल अल्कोहल’ पनि बनाउँछन् र बेच्छन् ।

तर, त्यही खुदोबाट ईन्धनका रुपमा प्रययोग हुनसक्ने इथाइनल पनि बनाउन सकिन्छ । त्यसका लागि प्लान्ट भने छुट्टै जडान गर्नुपर्छ । खुदोलाई प्रशोधन गर्दै दुई चरणको प्रक्रिया पुरा गरेपछि इथाइनल तयार हुन्छ । यो अन्य बनस्पतिहरुबाट पनि बनाउन सकिने ईन्धन हो । तर, नेपालमा उखुबाहेक अन्यबाट तँकाल कुनै सम्भावना देखिदैन । केही मुलुकमा इथाइनलबाट मात्र चल्ने गाडी पनि छन् ।

पेट्रोलमा इथाइनलको प्रयोग

पेट्रोलमा इथाइनल मिसाउने भन्ने कुरा कुनै नयाँ होईन । छिमेकी मुलुक भारतसहित अमेरिका, ईटाली, ब्राजिल लगायतका देशले पेट्रोलमा इथाइनल मिसाउने गरेका छन् । पेट्रोलमा १० प्रतिशतसम्म इथाइनल मिसाउन सकिन्छ ।
एकसय लिटर पेट्रोलमा १० लिटर पेट्रोल मिसाईयो भने त्यसले पेट्रोलको कार्यक्षमतामा कुनै असर गर्दैन । त्यसका लागि सवारीका इन्जिनमा कुनै ‘मोडीफाइ’ गनुपर्ने आवश्यकता रहँदैन । तर, १० प्रतिशत भन्दा बढी इथानल मिसाउने हो भने इन्जिनमा केही प्राविधिक सुधार गर्नुपर्छ ।

नेपालमा सम्भावना कति ?

सरकारले पेट्रोलमा इथाइनल मिसाउने योजना बनाएको वर्षौ भयो । हरेक बजेटमा अर्थमन्त्रीहरुले स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न इथाइनल किनेर पेट्रोलमा किन्ने कार्यक्रम समावेश गरेका हुन्छन् ।

त्यसका लागि पेट्रोलभन्दा महंगै परे पनि अनुदान दिएर किन्ने सरकारी निती छ । तर, नेपाल आयल निगमले अहिलेसम्म पेट्रोलमा इथाइनल मिसाउने गरी प्रक्रिया अघि बढाउन चाहेको छैन ।

नेपालका चिनी उद्योगहरुले वाषिर्क रुपमा ६ हजार किलो लिटर इथाइनल आयल निगमलाई बेच्ने क्षमता राख्छन् । अहिले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य सस्तिएकोले इथाइनल पेट्रोल भन्दा केही महंगो भने पर्छ । तर, सरकारले अनुदान दिएर निगमले इथाइनल किन्यो भने सर्वसाधरणलाई त्यसको मार नपर्ने उद्योगी चन्दको भनाइ छ ।‘सरकारले कार्याक्रम मात्रै राख्यो, कार्यान्वयन गर्ने काम कहिले पनि गरेन, ‘ उद्योगी अरुण चन्दले अनलाइनखबरसँग भने- ‘इथाइनल लिने काम पहिले नै सुरु भएको भए अहिले संकटका बेला हामी इथाइनलबाट बजारमा पेट्रोलको मागमा १० प्रतिशत सम्बोधन गर्न सक्थ्यौं ।’

‘इथाइनलको मूल्य प्रतिलिटर १ सय २५ रुपैयाँ भन्दा बढी पर्छ । तर, सरकारले अनुदान दिएर किन्यो भने त्यसले स्वदेशी उद्योगलाई पनि टेवा पुग्छ । पेट्रोलको अभाव भएको समयमा राहत पनि हुन्छ,’ चन्दले भने ।

उद्योगीको योजना

चिनी उद्योगीले इथाइनल सरकारले किन्ने ग्यारेन्टी गरे तत्काल त्यसका लागि प्लान्ट जडान गरेर काम सुरु गर्ने बताएका छन् । सरकारलाई औपचारिकरुपमा प्रस्ताव नै गरे चन्दले सरकाररले इथाइनल किन्ने औपचारिक निर्णय गरे खुदो संकलन र प्लान्ट निर्माणको काम तत्काल सुरु गर्ने बताए ।

‘सरकारले किन्ने ग्यारेन्टी लिनुपर्‍यो पेट्रोलको खरिद मूल्य मात्रै हेरेर हुँदैन । आयातका क्रममा हुने पेट्रोलियम चुहावटलाई हिसाव गर्ने हो भने केही महंगो परे पनि इथाइनल नै सुलभ हुन्छ,’ उनले भने ।

अहिले पनि धेरै चिनी उद्योगहरुमा खुदो त्यतिकै स्टक रहेको चन्दले बताए । त्यसैलाई प्रयोग गरेर इथानल बनाउन सके पेट्रोलमा बेला-बेला मच्चिने हाहाकारलाई कम गर्न सकिने उद्योगी बताउँछन् ।

‘सुरुमा सरकारले इथाइनल लिने ग्यारेन्टी गरोस् । हामी ४ महिनाभित्रै इथाइनल उपलब्ध गराउन सक्छौं ।’ चन्दले भने-‘प्लान्ट ल्याएर जडान गर्न केही समय लाग्छ । त्यसपछि देशभरिका चिनी उद्योगको खुदो लिएर इथाइनल बनाउने योजना छ ।’

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्