27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

नवलपरासीमा पेट्रोलियम पदार्थ र ग्याँसको चरम अभाव,कालो बजारी बढ्यो

- Advertisement -
- Advertisement -spot_imgspot_img


​नवलपरासी । भारतीयले पक्षले लगाएको नाकाबन्दीसंगै नवलपरासीमा पनि पेट्रोलियम पदार्थको चरम अभावदेखिएको छ । बेसी मात्रामा पेट्रोलको चरम अभाव देखिएको छ भने त्यो संगै डिजल र खाना पकाउने ग्यांसको पनि अभाव देखिएको छ ।

पेट्रोलियम पदार्थको चरम अभाव देखिएसंगै सर्वसाधारणको दैनिकी जीवनमा समेत असर परेको छ । कावासोतीका गोविन्द पाण्डेले दिनभर पेट्रोल र ग्यांसको खोजीमै दिन वित्ने गरेको बताए ।

नवलपरासीमा पेट्रोल, डिजल र ग्यांसको अभाव भएसंगै दैनिकी जीवनमा समेत असर परेको हो । पेट्रोलको अभावले मोटरसाइकल, कार जस्ता नीजि सवारी साधन निक्कै कम मात्रामा चलेको छ । केही पेट्रोल पम्पहरुले रातिको समयमा थोरै मात्रामा पेट्रोल र डिजल वितरण गर्ने गरेपनि त्यो प्रयाप्त छैन ।
त्यस्तै डिजलको अभाव हुंदा सर्वजनिक सवारी साधन पनि निक्कै पातलो चलेको छ । खाना पकाउने ग्यासको समेत अभाव हुंदा चुलोसमेत प्रभावित भएको छ ।

कालो बजारी बढ्यो
पेट्रोलीयम पदार्थको अभावदेखिएसंगै नवलपरासीमा यसको कालो बजारी समेत बढेको छ । पेट्रोल नवलपरासीको कावासोतीमा तीन गुणा बढी मूल्यमा विक्री भएको छ । पेट्रोल नवलपरासीको कावासोतीमा प्रति लिटर ३ सय रुपैयांसम्ममा विक्री भईरहेको कोल्हुवाका सालिकराम भट्टराईले बताए ।

पेट्रोल ठाउं र बजार हेरी प्रतिलिटर दुई सय ५० रुपैयांदेखि ३ सय रुपैयांसम्ममा विक्री हुने गरेको छ । सीमा क्षेत्रका बासिन्दाले सिमापारी भारतीय बजारबाट पेट्रोल खरिद गरेर ल्याउने र त्यसलाई बर्दघाट, परासी, सुनवल, कावासोती, अरुणखोला र प्रगतिनगरसम्म ल्याएर स्थानीय हार्डवयर, किराना पसल लगायतका व्यापारीहरुमार्फत विक्री गर्ने गरेको छ ।

सीमा क्षेत्रका स्थानीय व्यापारीहरुले आन्दोलनकारीसंगै मिलेर सीमा पारीबाट पेट्रोल ल्याउने र नेपाली बजारमा विक्री गर्ने गरेको महेषपुरका स्थानीय बासिन्दा लक्ष्मी हरिजनले बताए । महेषपुरमै पेट्रोलको मूल्य प्रति लिटर १ सय ३० रुपैयां नेपाली रहेको छ ।
रामकुमार श्रेष्ठ |

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!