27 C
Kathmandu
Tuesday, September 28, 2021
Your Ad Here  9857041698

चिनियाँ नाका खुलाउन एमाओवादीको टोली तातो पानीमा

- Advertisement -
- Advertisement -spot_imgspot_img


​१४ असोज, काठमाडौं । चीनसँग जोडिएको उत्तरी नाका खुलाउन एमाओवादी नेतृत्वको टोली विहीबार तातोपानी गएको छ । सांसद अग्नी सापकोटा नेतृत्वमा २५ जनाको टोली काठमाडौंबाट बाटो खुलाउन गएको हो ।

बाटो खुलाउने काममा वाईसीएल, विद्यार्थी, जिल्ला पार्टीका कार्यकर्ताहरु पनि सहभागी हुने अखिल क्रान्तिकारीकारी नेवाः राज्य समिति संयोजक सुरेन्द्र बस्नेतले जानकारी दिए ।

‘अब भारतको मात्रै भर परेर हुँदैन, चीनसँग जोडिएका सीमा निका खुलाएर आयात-निर्यात सुचारु गराउनुपर्छ भनेर हामी श्रमदान गर्न हिँड्यौं,’ बस्नेतले भने ।

गत बैशाख १२ को भूकम्पका कारण तातोपानी नाका अबरुद्ध छ । पहिरो खसेर अबरुद्ध भएको बाटो खुलाउने काम जारी रहे पनि सुस्त गतिमा काम भैरहेको छ । अब बाटो खुलाउन १० किलोमिटर मात्रै बाँकी छ । बाह्रबिसे, तातोपानी, लिपिङसम्मको दुरी २६ किलोमिटर छ ।

विहीबारै एमाले निकट अखिलको टोली पनि तातोपानी नाका प्रस्थान गरेको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!