काठमाडौँ, १३ असोज । बिहीबारबाट डिभीको लागि आवेदन फारम खुल्ने भएको छ । नेपाली समयअनुसार ९:४५ बजेबाट फारम खुल्ने र कार्तिक १७ गते बन्द हुने काठमाडौं स्थित अमेरिकी दूताबासले जनाएको छ ।
अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । डिभी चिट्ठामा आवेदन अनलाइनमार्फत भर्नुपर्नेछ । यसका लागि तोकिएको अवधिमाwww.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डिभी) आवेदन फारम भर्न सकिनेछ ।
आवेदन भर्दा आफ्ना पति/पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचित गर्नु अनिवार्य हुनेछ । डिभीको आवेदन भरेपछि कन्फर्मेसन नम्बरलाई सेभ वा प्रिन्ट गरेर राख्नु पर्नेछ । डिभी चिट्ठामा आवेदनका लागि शुल्क लाग्दैन ।