27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 01:25

TRENDING .

वैदेशिक रोजगार विभागका महानिर्देशक सुवेदीको जागिर धरापमा

- Advertisement -

१३ असोज, काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक सहसचिव भरत सुवेदीले उमेर हदका कारण विहीबारदेखि अवकाश पाउने भएका छन् ।

Bharat-Raj-Subedi-Finalदोहोरो नागरिकता लिई उमेर बढाएको आरोप लागेपछि सुवेदीले सर्बोच्च अदालतमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित विरुद्ध रिट दायर गरेका थिए । तर, बुधबार प्रधानन्यायाधीश कल्याण श्रेष्ठको इजलाशले सुवेदीको रिटमा कारण देखाउ इन्कार गरेपछि सुवेदीको जागिर धरापमा परेको हो ।

निजामति किताब खानामा भएको रेकर्डअनुसार सुवेदीले असोज १४ गते उमेर हदका कारण अवकाश पाउने भएका हुन् । तर, सच्याइएको नागरिकतामा भने उमेर हद अझै दुई बर्ष बाँकी छ ।

बुधबार सर्बोच्चमा बहसमा सामान्य प्रशासन मन्त्रालयका तर्फबाट बरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, नेपाल बारका अध्यक्ष हरिकृष्ण कार्की र उपाध्यक्ष टीकाराम भट्टराईले बहस गरेका थिए ।

सर्बोच्चको आदेशपछि विहीबार सुवेदीलाई अवकाशपत्र थमाइने सामान्य प्रशासन मन्त्रीका स्वकीय सचिव वसिम आलमले बताए । उनले भने, ‘अब सुवेदीलाई विहीबार अवकाश पत्र थमाइने छ ।’

ताजा खबर

- Advertisement -

Related news

24 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्