27 C
Kathmandu
सोमवार, मार्च 30, 2020

नेकपा-माओवादीले भारतविरुद्ध कार्यकर्ता सडकमा उतार्ने

baidhya_650१३ असोज, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले बुधबार काठमाडौंमा भारतविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । काठमाडौंको शान्तिबाटिकामा बुधबार दिउँसो साढे दुई बजे विरोध प्रदर्शन गर्न लागिएको नेकपा-माओवादी उपत्यका ब्यूरोले जनाएको छ ।

भारतले नेपालको आन्तरिक मामिलामा गरेको हस्तक्षेप र नाकाबन्दीका विरोधमा जुलुससहितको विरोध प्रर्दशन आयोजना गरिएको सचिव देव गुरुङले जानकारी दिए ।

प्रदर्शनमा महासचिव रामबहादुर थापा बादल, सचिव गुरुङलगायतका नेता-कार्यकर्ताहरु सहभागी हुनेछन् ।

नयाँ संविधान जारी भएपछि नेकपा-माओवादीले भारतविरुद्ध प्रदर्शन गर्न लागेको यो पहिलोपटक हो । उसको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भने संयुक्त विद्यार्थी आन्दोलनमा सहभागिता जनाउँदै आएको छ ।

चित्रबहादुर केसी पनि विरोधमा

यसैवीच चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाका कार्याकर्ताले पनि मंगलबार भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका थिए । जनमोर्चाले बुधबार राजधानीमा भारतको नाकाबन्दीको विरोधमा अन्तरक्रिया गर्न लागेको राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारीले अनलाइनखबरलाई बताए ।

यसैवीच विभिन्न वामपन्थी पार्टी समर्थित अखिलका पूर्व अध्यक्षहरुले पनि भारतीय हस्तक्षेपको विरोधमा संयुक्त हस्ताक्षर गरेका छन् ।

पूर्व विद्यार्थी नेतृ रामकुमारी झाँक्री, नेविसंघकमा पूर्व अध्यक्ष प्रदीप पौडेल लगायतका नेताले भारतीय नाकाबन्दीको विरोध गरेका छन् ।

- Advertisement -

29 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा अपडेट

लकडाउन २५ गते मध्यरातसम्म थपियाे

सरकारले सीमा नाकाबाट आवागमन रोक्ने र लकडाउन २५ गते मध्यरातसम्म गर्ने भएको छ ।...

६ लाख भन्दा बढीलाई कोरोना संक्रमण,२७ हजारले ज्यान गुमाए

कोभिड–१९ महामारीबाट संक्रमितको संख्या ६ लाख नाघेको छ । शनिबार मध्यान्हसम्म ६ लाख ...

कोरोनाबाट मृतकको संख्या २१ हजार २ सय, स्पेनमा मृत्यु चीनको भन्दा धेरै

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ हजार २ सय पुगेको छ । गत २४ घण्टामा विश्वभर २ हजार...

नेपाल लकडाउन : आज देखि एक सातासम्म घर बाहिर निस्कन नपाइने, सबै गाडी बन्द

काठमाडौ । सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड...

प्रदेशस्तरीय आइसिटी क्विजको उपाधि शिव मावि नवलपुरलाई

पोखरा, १३ फागुन । क्यान महासंघ कास्कीद्वारा आयोजित हिमालयन कम्प्युटर रनिङशील प्रदेशस्तरीय क्विज प्रतियोगिताको उपाधि शिव मावि नवलपुरले जितेको छ । पोखराको...
- Advertisement -

सम्बन्धित खवर

- Advertisement -