असोज, काठमाडौं । डेढ महिना लामो बन्दका कारण तराईका नागरिकको जनजीवन जति कष्टकर बनेको छ, तराईका जिल्लामा कार्यरत प्रहरीको दैनिकी त्योभन्दा कष्टकर छ । डेढ महिनादेखि उनीहरु बिहानदेखि बेलुकासम्म निरन्तर ड्युटीमा खटिँदै आएका छन् ।
तराई-मधेसमा कार्यरत प्रहरीले अत्यावश्यक काम पर्दाबाहेक बिदा पाएका छैनन् । तराईको आन्दोलनसँगै प्रहरीको दैनिकी कष्टकर बनेको छ ।
आन्दोलनसँगै जिम्मेवारी पनि थपिएका छन् भने परिवासँग समेत भेट्न नपाउँदा प्रहरीका पीडा पनि थपिएका छन् । ‘अत्यावश्यक पर्दाबाहेक बिदा दिन सक्ने अवस्था छैन्,’ जिल्ला प्रहरी कार्यालय मोरङका एसपी तारिणीप्रसाद लम्साल भन्छन्, ‘राजमार्गमा स्कटिङ गर्नेदेखि बैंकको पैसा ओसार्ने काममा प्रहरी खटिँदै आएको छ, त्यसकारण समस्या परेकालाई बाहेक बिदा दिन सकिएको छैन् ।’