24.1 C
Kathmandu
Friday, April 19, 2024
Flowers in Chania

अन्तर्राष्ट्रिय उडानलाई आजदेखि तेल नदिइन े

- Advertisement -Flowers in Chania

१२ असोज, काठमाडौ । भारतले गरेको अघोषित नाकाबन्दीका कारण उत्पन्न इन्धन संकट टार्न अन्तर्राष्ट्रय विमानहरुलाई मंगलबारदेखि इन्धन नदिइने भएको छ ।

नेपाल आयल निगमले नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले नेपालमा इन्धन अभाव भएको भन्दै बाहिरबाट नै इन्धन भर्न आग्रह गरेको हो ।

आयल निगमको एयरपोर्ट डिपोले इन्धन संकट टार्नका लागि अन्तर्राष्ट्रिय उडानलाई मंगलवारदेखि तेल दिन रोक लगाएको हो । १४ मुलुकका २६ वटा विमान कम्पनीले नेपाल उडान भर्छन् ।

इन्धन नपाएर उडान सेवा नै प्रभावित हुन सक्ने देखिएपछि निगमको एयरपोर्ट डिपोले अन्तर्राष्ट्रिय उडानलाई तेल दिन रोकेको हो ।

अन्तर्राष्ट्रिय उडान भर्ने विमानहरुले बाहिर नै तेल भर्न सक्ने भएकाले इन्धन संकट कम गर्न यस्तो ब्यवस्था गरिएको डिपोले जनाएको छ । उडान सहजताकै लागि यस्तो ब्यवस्था गरिएको निगमको भनाइ छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्