27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 06:28

TRENDING .

मधेसी मोर्चाका कार्यकर्ताहरू जोगवनी नाक ामा

- Advertisement -
  • उपेन्द्र यादवले नाकाबन्दीको नेतृत्व गर्ने

आश्विन १०, २०७२- भन्सार र राजमार्ग केन्द्रित आन्दोलन चर्काउने निर्णय सँगै सिमा नाकामा धर्ना बस्दै आएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरू आज पूर्वी नाका विराटनगरको रानीमा थप कडाई गर्ने भएको छ ।

बिहिबार केही समय नाकामा धर्ना बसेर विराटनगरको बजार क्षेत्रमै विरोध कार्यक्रमलाई निरन्तरता दिँदै आएका मोर्चा कार्यकर्ताहरू आज बिहानैबाट जोगवनी नाकामा भेला भएका छन् । केहीबेरपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नाकामा धर्नाको नेतृत्व गर्ने फोरमका जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी दिए । उनले अब नाका नियमित धर्ना जारी रहने बताए ।

राजविराजबाट सुनसरी हुँदै शनिबार विराटनगर आएका उपेन्द्र यादवले नाकामा धर्नाको नेतृत्व गर्ने भएपछि मोर्चा आवद्ध कार्यकर्ता अहिले सिमा क्षेत्र जाने क्रम बढेको छ । मोर्चाको धर्नाका कारण सिमा क्षेत्रमा व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने भारतीय सिमा सुरक्षा बल एसएसबीको पनि बाक्लो उपस्थिती छ । एसएसबीले सादा पोसाकमा पनि सुरक्षाकर्मी परिचालन गरेको छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्