27 C
Kathmandu
Tuesday, March 2, 2021
2021 Mar 02, Tuesday 12:26

TRENDING .

मेसीलाई चोट, दुई महिना मैदान बाहिर

- Advertisement -


​आश्विन १०, २०७२- बार्सिलोनाका फरवार्ड लियोनल मेसीले चोटका कारण करिब दुई महिना फुटबल मैदानमा देखिने छैनन् । गएराति लस पल्मासविरुद्ध भएको खेलमा मेसीको घुँडाको लिगामेन्ट च्यातिएको छ । खेलमा बार्सिलोना २–१ ले विजयी भएको थियो ।
खेल सुरु भएको तेस्रो मिनेटमै मेसी घाइते भएका थिए । मैदान बाहिरिलगत्तै उनलाई अस्पताल लगिएको थियो ।

चोटका कारण उनी आगामी ८ खेलसम्म मैदान बाहिर हुनसक्छन् । रियल मेड्रिडविरुद्ध नोभेम्बर २२ मा हुने खेलमा भने उनी खेल्न सक्ने सम्भावना छ ।

‘मेरा खेलाडी घाइते हुँदा म सधैं दुखी हुन्छु, मेसी घाइते हुँदा झन् बढी दुखी हुन्छु’, प्रशिक्षक बार्सिलोना प्रशिक्षक लुइस इनरिक्वले भनेका छन् ।

‘मेसी बिना पनि हाम्रो खेल्ने शैली परिवर्तन हुने छैन । खेलमा त्यस्ता धेरै अवस्था आउँछन् जहाँ मेसीले हाम्रो उद्दार गर्छन् उनी बिना पनि हामीले खेल्नुपने हुन्छ ।’

ला लिगाको शीर्ष स्थानमा उक्लिन प्रयासरत बार्सिलोनाले मेसीको अनुपस्थितिमा पनि लस पाल्मासविरुद्ध २ गोल गर्‍यो । टोलीका लागि लुइस सुआरेजले २५ र ५४ औं मिनेटमा गोल गरे ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्