27 C
Kathmandu
Sunday, March 7, 2021
2021 Mar 07, Sunday 10:45

TRENDING .

कैलालीमा दंग्रागस्त र वीरगञ्जमा कर्फ्यू हट्यो, दाङ देउखुरीमा बन्द फिर्ता

- Advertisement -

७ असोज, काठमाडौं । लामो समयदेखिको बन्द हड्तालले तराई-मधेसको जनजीबन कष्टकर बनेको छ । संयुक्त मधेसी मोर्चाले साउन २९ गतेबाट र थरुहट संघर्ष समितिले साउन २६ गतेदेखि बन्द आह्वान गर्दै आएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहट थारुवान संयुक्त संघर्ष समितिले प्रदेश सीमांकनको विरोध गर्दै सुरु गरेको आन्दोलनले हिंसात्मक रुप लिएपछि स्थानीय प्रशासनले कतै दंगाग्रस्त क्षेत्र, कतै कर्फ्यू र कतै निषेधाज्ञा जारी गरेको छ ।

कैलालीमा दंग्रागस्त क्षेत्र हटाइयो

Tikapur-Kailali1

स्थानीय प्रशासनले कैलालीमा लगाउँदै आएको दंग्रागस्त क्षेत्र बुधबार रातीबाट हटाएको छ ।

धनगढी र टीकापुरमा स्थानीय प्रशासनले एक महिना यता लगाउँदै आएको कर्फ्यू भने बिहीबार पनि जारी छ । धनगढीमा दिउँसो १ देखि ४ बजेसम्म कर्फ्यू जारी गरिएको छ भने टीकापुरमा बिहान ५ देखि १ बजेसम्म खुकुलो पारिएको छ ।

दाङ देउखुरीमा बन्द फिर्ता

लामो समयदेखिको बन्दले जनजीबन कष्टकर भएपछि दाङ देउखुरीमा आन्दोलनरत पक्षले विहीबारबाट बन्द फिर्ता लिएको छ । आन्दोलनरत थरुहट-थारुवान संयुक्त संघर्ष समिति र उद्योगी व्यवसायीबीच भएको छलफलमा यातायात, बजार, शैक्षिक संस्था, उद्योग, कलकारखाना सबै विहीबारदेखि खोल्ने सहमति भएको हो ।

बन्द खुलेसँगै बजारमा चहलपहल बढेको छ । स्थानीय रुटमा पनि गाडीहरु चल्न थालेका छन् ।

बीरगञ्जमा कर्फ्यू हट्यो

पर्सा सदरमुकाम वीरगन्जमा विहीबार कर्फ्यू हटाइएको छ । वीरगञ्जमा भदौ १४ गतेबाट कर्फ्यू लगाइएको थियो ।
बुधबार राती १० बजेबाट बिहान ६ बजेसम्मको लागि लगाइएको कर्फ्यू बिहीबार राती १० बजेसम्मका लागि हटाइएको स्थानीय प्रशासनले जनाएको छ ।

महोत्तरी सदरमुकाम जलेश्वरमा बिहीबार बिहान ६ बजेदेखि १ बजेसम्मका लागि कर्फ्यू हटाइएको छ । जलेश्वरमा भदौ २३ गतेबाट कर्फ्यू लगाइएको थियो ।

ताजा खबर

- Advertisement -

Related news

26 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्