७ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभाबाट नयाँ संविधान निर्माणदेखि तराई/मधेसमा जारी आन्दोलनप्रति नेपालका लागि भारतीय राजदूत रञ्जित रेले भारतीय प्रधानमन्त्रीलाई गलत सूच्ना दिएको गुनासो गरेका छन् ।
नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन नयाँ दिल्ली पुगेर बुधबार बिहान काठमाडौं फर्केलगत्तै प्रधानमन्त्री कोइरालालाई भेट्न बालुवाटार पुगेका राजदूत रेलाई दुई देशबीचको सम्बन्धमा आँच पुग्नेगरी सूचना सम्प्रेषण नगर्न प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ ।
कोइरालाले नेपालमा संविधान निर्माण भएकोमा विदेशमन्त्री सुष्मा स्वराज सकारात्मक रहे पनि दूतावासको गलत सूचनाका कारण भारत सरकार पछि हटेको राजदूत रेलाई सुनाए ।