27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 12:43

TRENDING .

विवाह गर्दै अभिनेत्री रिमा विश्वकर्मा

- Advertisement -

rima bkकाठमाडौं,-अभिनेत्री रिमा विश्वकर्मा विवाहित सम्बन्धमा गाँसिदैछिन् । आगामी आइतबार उनी विवाहित बन्धनमा बाँधिन लागेकी हुन्। बेलायतमा बस्दै आएर रोवर्ट ल्वागुन विश्वकर्मासँग उनले विवाह गर्न लागेकी हुन् । आगामी आइतबार होटल हायतमा सम्पन्न हुने विवाहमा सहभागि हुन अभिनेत्री विश्वकर्माले फिल्मसम्बन्धी व्यत्तित्वहरुलाई समेत निमन्त्रणा पठाएकी छिन्।

पारिवारले रोजाईमा रोवर्टसँग अभिनेत्री विश्वकर्माले विवाह गर्न लागेकी हुन् । परिवारसहित बेलायत बस्दै आएका रोवर्ट पेशाले व्यापारी हुन्। स्रोतका अनुसार अभिनेत्री रिमाले विवाहलाई गोप्य राख्न खोजेकी छिन् । परिवारिक विवाहमा फिल्मसम्बन्धी साथीहरुलाई निमन्त्रणा गरेपनि गोप्य राखिएको छ।
‘स्वर फिल्मबाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी उनले ‘भिसा गर्ल’, ‘रितु’ र ‘भाले फाईट’ लगायत फिल्ममा अभिनय गरेकी छिन् । उनीद्धारा अभिनित ‘भाले फाईट’ शुक्रबार रिलिज हुँदैछ ।

ताजा खबर

- Advertisement -

Related news