27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 01:31

TRENDING .

पुरुषले पार्टनरसँग बोल्ने सबैभन्दा चल्तीमा ५ झुट

- Advertisement -

Boysहालैको एक सर्भेक्षणबाट के पत्ता लागेको छ भने महिलाहरुको तुलनामा पुरुषले बढि झुटो बोल्दछन् । यो नतिजाले आफ्नो पार्टनरप्रति बढि शंका गर्ने महिलाको बानीलाई बल पूराउँछ । आखिर शंका नगरुन् पनि किन जब आफुले सोधेको कुनै कुराको सिधा तथा प्रष्ट जवाफ पार्टनरले दिन सक्दैन ।

तथापि झुट कस्तो हो र कुन कारणले पुरुषले झुट बोलिरहेको छ भन्ने कुरा व्यक्ति विशेषमा निर्भर गर्दछ । तर यो कुरालाई इन्कार गर्न सकिन्न की कुनै झुटले आपसी सम्बन्धमा झनै मिठास थप्दछ भने कतिपय झुटले सम्बन्ध नै तोडिदिनछ ।

पुरुषहरु कैयन् पटक आफ्नो पार्टनरलाई खुसी तुल्याउनका लागि झुट बोल्दछन्, जसलाई झ्वाट्ट हेर्दा गलत भन्न सकिँदैन । वास्तवमा यो प्रेमको एउटा रुप नै हो । तरकतिपय अवस्थामा भने आफ्नो कमजोरी तथा गल्ती लुकाउनका लागि पनि पुरुषहरु झुटको सहारा लिन्छन् । जसलाई कुनैपनि रुपमा स्विकार गर्न सकिँदैन । पुरुषले बोल्ने सबैभन्दा चल्तीका ५ झुट यस्ता छन् :

१. मैले त्यो केटीलाई हेरेकै थिइन :

बाटोमा हिँड्दा वा कुनै पार्क, रेष्टुरेन्ट तथा अन्य कुनैपनि स्थानमा आफ्नो गर्लफ्रेण्ड वा श्रीमती सँग हिँडिरहेको अवस्थामै किन नहोस् यदि कुनै सुन्दरी युवती देखेमा पुरुषको आँखा उतैतर्फ दौडिहाल्छ । पटक पटक युवतीको सुन्दरताको दृश्यपान गर्नका लागि आँखा गाडेको भएपनि पुरुष आफ्नो पार्टनरसँग त्यो सत्य लुकाउन चाहन्छ । श्रीमती वा गर्लफ्रेण्ड साथमा छँदै आफुले अरु कुनै केटीलाई हेरेको भन्ने कुरा उसले देखावटी रुपमै भएपनि स्विकार गर्न चाहँदैन ।

२. मैले चुरोट पिउन छाडिदिएँ :

सफा गर्ने वा धुने क्रममा यदि तपाइँले आफ्नो ब्वायफ्रेण्ड तथा पतिको ब्याग वा गोजीमा चुरोटको खिल्ली, ठुटो वा खाली प्याकेट फेला पार्नुभयो भने तपाइँले अवश्यपनि ऊसँग केरकार गर्नुहुन्छ । तर यसरी केरकार गर्नु व्यर्थ छ । अझ खल्ती वा झोलामा भेटिने चुरोटका खाली प्याकेटहरुको बारेमा पुरुषहरु प्रायः झुटो बोल्दछन् । उक्त प्याकेटका चुरोट आफुले खाएर रित्याएको भन्ने कुरा कहिल्यैपनि स्विकार्न तयार हुँदैनन् पुरुषहरु आफ्नो पार्टनरसँग । भलै चुरोटको ताजाँ धुवाँ जिउमा गन्हाइरहेको किन नहोस् तपाइँको पार्टनरले बेलुकी सोधेपनि एउटै जवाफ दिनेछ की मैले विहान देखि केवल एउटा मात्र चुरोटको खिल्ली तानेको हुँ । अझ रंगेहात फेला परेन भने त उसको दाबी सधै रहिरहन्छ की मैले चुरोट तान्न छाडिसकेँ ।

३. तिमीसँग बाहेक अरु कसैसँग सम्बन्ध गाँस्ने बारेमा सोँच्न पनि सक्दिन :

यो विषय पनि पुरुषले प्रायः बोल्ने मुख्य झुट हो । भलै उसले आफ्नो विद्यमान महिला पार्टनरको अलावा अरु कुनै दोश्रो महिलासँग सम्बन्ध गाँस्ने विषयमा नसोँचेको होस् तर कुनैपनि पुरुष कोही दोश्रो महिलाको बारेमा सोँचिरहेको हुन्छ र उक्त महिलासँगको अन्तरँग सम्बन्धका विषयमा कल्पना गरी आनन्द लिइरहेको हुन्छ । कुनै सुन्दरी मोडल तथा अभिनेत्रीहरुको विषयमा अधिकांस पुरुषको मनमा यस्तै फन्टासी रहन्छ तर पार्टनरको अगाडि पुरुषहरु यो कुरा कहिल्यै बताउँदैनन् ।

४. म तिमीविना एकदिन भन्दा बढि बस्न सक्दिन :

यदि तपाइँ विवाहित हुनुहुन्छ भने त तपाइँले आफ्नो लोग्नेको मुखबाट यो कुरा सुन्ने बानी नै परिसकेको हुनुपर्छ । अझ जब तपाइँ माइती जाने कुरा गर्दै हुनुहुन्छ भने त तपाइँको पतिको मुखबाट यो दिव्य वाणी आइरहेको हुन्छ । तर खासकुरा भने अर्कै हुनसक्छ । अध्ययनले के कुरा पत्ता लगाएको छ भने धेरै पुरुषहरु आफ्नी श्रीमती केही दिनकै लागि भएपनि घरबाट टाढा होस् र आफुले एक्लै मनमौजी तथा अविवाहित एकल जिवनमा जस्तो मोजमस्ती गर्न पाइयोस् भन्ने चाहन्छन् ।

५. म सुतेको होइन, सोँच्दै थिएँ :

तपाइँ जब आफ्नो पति वा ब्वायफ्रेण्डलाई दिउसै वा साँझमा निदाइरहेको अवस्थामा रंगेहात फेला पार्नुहुन्छ तब उसलाई झक्झाउँदा अनौठो जवाफ पाउनुहुन्छ । ऊ निदाएर मज्जाले घुरेको तपाइँले देख्नु सुन्नु भएको छ, तर उसले जिकिर गरिरहेको हुन्छ की म निदाएको होइन, आँखा चिम्लेको सोँचिरहेको थिएँ ।

ताजा खबर

- Advertisement -

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्