27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 11:38

TRENDING .

उपराष्ट्रपतिले भने : नेपाल-चीन सम्बन्ध बलि यो हुनुपर्‍यो

- Advertisement -


​सियान । उपराष्ट्रपति परमानन्द झाले नेपाल र चीनवीचको साझेदारी बृद्धिमा जोड दिएका छन् । चीनको सियान बिश्वबिद्यालयमा स्थापित ‘चाइना-नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर’ उदघाटन गर्दै उपराष्ट्रपति झाले लामो समयदेखिको नेपाल-चीन मित्रतालाई विभिन्न क्षेत्रमा विस्तार गर्नुपर्ने बताए ।

उनले बिज्ञान तथा प्रविधिको क्षेत्रमा चीनले नेपाललाई थप सहयोग गर्नुपर्ने र दुई देशको साझेदारीलाई बढवा दिनुपर्ने बताए ।

पछिल्ला दिनमा चीनमा अध्ययन गरिरहेका नेपाली बिद्यार्थीहरुले इन्टरर्नसीपमा पाइरहेको समस्याप्रति आफू जानकार रहेको भन्दै उपराष्ट्रपतिले दुबै देशले तत्परता देखाए यो समस्या समाधान हुनसक्ने बताए । नेपाली प्राध्यापकको पहलमा स्थापित अनुसन्धान केन्द्र उदघाटन गर्न आफूलाई निकै खुसी लागेको उनले बताए ।

नेपाली अनुसन्धानकर्तालाई अवसर

नेपाली अनुसन्धानकर्ता प्राध्यापक डाक्टर राजीवकुमार झाको पहलमा सियान बिश्वविद्यालयले करिव १३ करोड रुपैयाँको लागतमा स्थापना गरेको रिसर्च सेन्टरले दुई देशका अनुसन्धानकर्ताहरुको अनुभव बाँड्ने र चिकित्सक तथा अनुसन्धानकर्तालाई तालिम दिने काम गर्ने छ । नेपालका अनुसन्धानकर्ताहरुलाई चीनमा थप अनुसन्धान र तालिमको अबसरका लागि समेत केन्द्रले पहल गर्ने प्राध्यापक झाले जानकारी दिए ।

‘चिनियाँ बिशेषज्ञ चिकित्सकलाई नेपाल पठाउने नेपाली चिकित्सकलाई चीन ल्याएर तालिम दिने तथा सीप बिकास र प्रविधि हस्तान्तरणमा सहयोग गर्ने योजना छ,’ प्राध्यापक झाले भने, ‘बर्षमा कम्तीमा २० जना नेपाली डाक्टरहरुलाई चीन ल्याएर तीनदेखि ५ महिनाको अबधिको अनुसन्धान र तथा तालिममा सहभागी बनाउने तयारी भइरहेको छ ।’

क्यान्सरको उपचार विधिबारे अनुन्सन्धान गरिरहेका प्राध्यापक झाले आफ्नो कोसिस नेपालको परम्परागत मेडिसिन र वेस्टर्न मेडिसिनको संयोजनमा उपाचार विधिको विकास गर्ने रहेको बताए ।

विगत १९ बर्षदेखि चीनमा कार्यरत डा. झा चिनियाँ सरकारको बिश्वका सय प्रतिभा कार्यक्रम अन्र्तगत अनुसन्धानकर्ताको रुपमा कार्यरत छन् ।

६५ बर्ष पुरानो सियान बिश्वबिद्यालयमा हाल २ हजार २ सय बढी चिकित्साशास्त्रका बिद्यार्थी अध्ययनरत छन् । सो कार्यक्रममा चीनका अन्य बिश्वबिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु पनि उपस्थीत थिए ।

ताजा खबर

- Advertisement -

Related news

16 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्