मुम्बई । सलमान खान अभिनित पछिल्लो फिल्म ‘प्रेम रतन धन पायो’ले रिलिज नहुँदै दुईसय करोड बढी कमाई गरेको छ । सुरज बड्जात्याको निर्देशनमा बनेको उक्त फिल्म दिपावलीको अवसरमा प्रदर्शन हुने भएको छ ।
सुरज र सलमानको जोडी ‘मैने प्यार किया’वाट सुरु भएको थियो । त्यसपछि पनि उनीहरुले मह आपके है कौन, हम साथ-साथ जस्ता फिल्ममा काम गरेका थिए । यी सबै फिल्म बक्स अफिसमा हिट भएको थियो ।
पछिल्लो जानकारी अनुसार फिल्मको वितरण अधिकार फक्स स्टार स्टुडियोले लिएको छ । अहिलेसम्म उक्त कम्पनिले १३५ करोड रुपैंया दिएको छ ।
फिल्म दिपावलीको अवसरमा प्रदर्शन हुने भएकाले लगानी सुरक्षित हुनेमा आशावादी छ वितरक कम्पनि । स्टार टिभीसँग ५० करोडमा कुराकानी भईरहेको छ भने १८ करोड म्युजिक कम्पनिले दिने भएको छ । प्रेम कथामा आधारित यस चलचित्रमा सलमानकी नायिका सोनम कपुर रहेकी छिन् ।