चलचित्रमा अहिले पात्र र प्रवृत्ती फेरिएको छ । दर्जन खलपात्रलाई एक्लै कुट्दै नायकले नायिकालाई बिहे मण्डपबाटै भगाएका चलचित्र थुप्रै हेरिसकेका छन्, दर्शकले । कात्तिक ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सुश्री’ले अहिले यस्तै कथालाई उठाएको छ ।
चलचित्रको सार्वजनिक ट्रेलरमा नायक आर्यन सिग्देललाई चलचित्रकी नायिका आशिका तामाङले बिहे मण्डपबाटै भगाएकी छिन् । ट्रेलरमा आर्यनलाई बलिउड नायक सलमान खानको उपमा दिदै ‘सल्लु’ भनेर बोलाइएको छ । चलचित्रमा सुरविना कार्की, राजाराम पौडेलको मुख्य भूमिका छ ।
चलचित्रमा रामेश्वर कार्कीको छायांकन, शंकर वीसीको नृत्य निर्देशन, सानुकुमारको एक्सन, बसन्त सापकोटा र आशिष पुरुषको गीतमा शब्द, बसन्त र सुवास भुषालको संगीत छ । चलचित्रलाई आशिका फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो ।