27 C
Kathmandu
Tuesday, March 9, 2021
2021 Mar 09, Tuesday 06:41

TRENDING .

देवचुलीबासी नहर बनेपछि खुसी

- Advertisement -


​कावासोती, ६ असोज । सिचाइका लागि नहर बनेपछि नवलपरासीको देवचुलीका बासिन्दा खुसी भएका छन् । सिचाइको अभावको खेती योग्य भूमीबाट आम्दानी लिन नसकेका यहाँ बासिन्दालाई नहर निर्माणले खुसी ल्याएको हो ।

देवचुली डाँडाको काखबाट बहने टोक्रे खोलाको पानीले यहाँको ६ सय ५० हेक्टर खेती योग्य जमिनलाई सिचाई गर्छ । बिश्व बैंकको रु ८ करोड ६६ लाख ९ सय ३५ लागतमा नहर निर्माण भइरहेको टोक्रे नहर निर्माण उपभोक्ता समितिका अध्यक्ष बालानन्द अर्यालले बताए ।

एक बर्ष अगाडिबाट निर्माण थालिएको नहरको काममा धान सिचाईको लागि आवश्यक पर्ने पानीको अत्याधिक आवश्यकतालाई परिपूर्ति गर्न काम भएकाले अहिले काम रोकिएको छ भने अबको केही यसलाई तीब्रता दिन्छौ उनले भने – ‘ धान रोप्ने देखि स्याहार्ने बेला सम्म काम रोकिएको छ अब त्यसलाई तीब्रताका साथ अगाडि बढाउछौं’ ।

देवचुली नगरपालिकाको ६ देखि ९ नम्बर वडालाई समेट्ने गरी निर्माण गरिएको यो नहरले यस क्षेत्रका एक हजार किसान लाभान्वित हुन्छन् । १४ वटा शाखाबाट पानीवितरण हुने प्रणाली नहरको रहेको छ । नहरले देवचुलीको झाक्रेस्वर, रामवास, मुढावास, आपटारी र विशालटारका खेती योग्य जमिनमा सिचाइ गर्छ । रु साढे ४ करोड बराबरको काम भइसकेको छ अबको एक बर्षमा सबै काम सकिन्छ भन्नेमा आशा बादी रहेका छौ सहसचिव प्रेमराज अधिकारीले भने ।

तरकारी खेती गरेर जीविकोपार्जन गर्ने किसानहरु भने नहर आएपछि मौसमी बेमौसमी तरकारी उत्पादन गर्न पाउने आशाले हौसिएकोे घुमाउरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टेक बहादुर गाहामगरले बताए ।

ताजा खबर

- Advertisement -

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्