27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 01:09

TRENDING .

खुसी साट्न सभासद नआएकोमा गुनासो

- Advertisement -

कावासोती, ६ असोज । संबिधान सभाबाट संबिधान जारी भएको उपलक्ष्यमा नागरिकहरु संग सभासदले खुसी साट्न नआएको भन्दै नवलपरासीका बासिन्दाले गुनासो गरेका छन् ।

जनताका प्रतिनिधिले पहिलो पटक संबिधान बनाएको खुसीयालीमा हाम्रा प्रतिनिधिहरु संग दीपावली र र्याली गर्ने चाहाना दियो तर अहिले सम्म पनि हाम्रा सभासद जिल्ला आउनु भएन कावासोतीका दीपक शर्माले भने –‘ छिमेकी जिल्लाका सभासद आएर दीपावली संगै खुसीयाली मनाउदा पनि हाम्रा सभासद देखिएनन’ । असोज ३ गते साँझ संबिधान सभामा राष्ट्रपतिले संबिधान जारी गरेपछि भोलिपल्टै आउछन् जस्तो लागेको थियो तिन दिन बित्दा पनि चार घण्टाको बोटोमा सभासद आएनन उनले भने –‘ हामी भोट दिनेलाई भन्दा पनि उहाँहरुलाई हामी संग रमाउन मन लाग्नुपर्ने हो ’ ।

नवलपरासीको ६ वटा निर्वाचन क्षेत्र मध्ये तीन वटा नेपाली काँग्रेस र तीन वटा नेकपा एमालेले चुनाव जितेको क्षेत्र छ । क्षेत्र नं. १ बाट काँग्रेसका डा.शसांक कोइरालाले चुनाव जित्नु भएको छ उहाँसंगै संबिधानको खुसीयालीमा दीपावली गर्ने एक नम्बर क्षेत्रका बासिन्दाले अहिले सम्म पाएका छैनन । क्षेत्र नं. २ का एमाले सभासद जीवन श्रेष्ठले भने पाँच गते सम्म पार्टी कै कामले काठमाण्डौं रोकिएकाले असोज १० गते निर्वाचन क्षेत्रमा आउने बताए ।

क्षेत्र नं. १ , ५,६ नेपाली काँग्रेसले जितेको क्षेत्र हो । भने क्षेत्र नं. २, ३, र ४ एमालेले जितेको क्षेत्र पर्छ । ४ नम्बर क्षेत्रको परासी सदरमुकाम भएकाले मधेशी दलको आन्दोलन चलेको छ । तर अयन्त्र भने खुसीयाली रहेको छ । एमाले र काँग्रेसका प्रतिनिधिहरु रुचाइएको जिल्लामा उनीहरुले खुसी साट्न आउनुपर्छ त्यसमा कन्जुस्याइ गर्न हुदैन एमालेका सुर्यप्रसाद पोखरेलले भने–‘ परासीमा रहेका असन्तुष्टहरुलाई बुझाउन पनि जिल्लाका सबै सभासद एक पटक निर्वाचन क्षेत्रमा कार्यक्रम लिएर आउनु पर्छ’ ।

असोज चार मा एमाले, काँग्रेस, एमाओवादी पार्टीले कावासोतीमा संयुक्त स्वागत सभा गरेका थिए ।

ताजा खबर

- Advertisement -

Related news

21 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्