27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 01:38

TRENDING .

वाइनले दिने सौन्दर्य

- Advertisement -

5ce50e9c1d44fef65c34e4f63628dc83_L

चकलेट फेसियल, फ्रुट फेसियलबारे हामीले धेरै सुनेका र देखेका छौँ। अहिले वाइन फेसियल सौन्दर्य संसारमा चर्चाको विषय भएको छ। वाइनको प्रयोगले गरिने फेसियललाई वाइन फेसियल भनिन्छ। यसमा रेड, ह्वाइट या रोज वाइनको प्रयोग गरिन्छ। वाइनस“ग वनस्पति, फूल र सुगन्धित तेलहरू पनि प्रयोग गरिन्छ। वाइन एन्टिसेप्टिक हुने भएकाले यसले अनुहारमा चाउरीपनको समस्यालाई हल गर्छ। साथै, छालालाई नरम बनाउँछ। छालाका मृत्त कोष हटाउन पनि मद्दत गर्छ।

वाइन फेसियल गर्नाले वाइनमा भएको एन्टिअक्सिडेन्टले अनुहारको छाला टाइट बनाउँछ। छालाका किसिम अनुसार वाइनका अलग अलग प्रकार फेसियलमा प्रयोग गरिन्छ। रेड वाइनमा एन्टिएजिङ तत्व पाइन्छ भने ह्वाइट वाइनको प्रयोगले छाला टाइट हुन्छ। यसले डन्डीफोरलाई पनि ठीक गर्छ। अनुहारको छाला सेन्सिटिभ छ भने वाइनमा रोजवाटर मिसाउनुपर्ने हुन्छ। सुक्खा छाला हुनेले वाइनसँग बदामको पेस्ट मिसाउनुपर्छ। अइली छाला हुनेहरूले भने वाइनमा एलोभेरा मिसाएर फेसियल गर्नुपर्छ।
वाइन फेसियलले अनुहारमा चमक ल्याउँछ। यसले तनाव कम गर्न पनि मद्दत गर्छ।
घरैमा बसेर पनि तपाईं वाइन फेसियल गर्न सक्नुहुन्छ।
–सबैभन्दा पहिले अनुहार राम्रोसँग धोएर म्वइस्चराइजर लगाउने।
–पाँच/सात मिनेटपछि कटनले अनुहार पुछ्ने र अनुहारलाई पाँच मिनेटसम्म बाफ दिने।
–त्यसपछि अनुहारमा वाइनको मिश्रण लगाउने र औँलाले बिस्तारै मसाज गर्ने
–अनुहार कटनले पुछेर वाइन फेसमास्क लगाउने।
कसरी बनाउने वाइन फेसमास्क?
सुक्खा छालाका लागिः
ठूलो तीन चम्चा रेड वाइन, आधा ठूलो चम्चा एलोभेरा जेल र एउटा ठूलो चम्चा मह मिसाउने। त्यसमा दुई थोपा लेभेन्डर अइल मिलाएर अनुहारमा लगाउने। २० मिनेटपछि मनतातो पानीले मुख धुने।
चिल्लो छालाका लागिः
ठूलो तीन चम्चा रेड वाइनमा दही र दुई थोपा टि्रट्री अइल मिलाउने। त्यसपछि अनुहारमा लगाउने र २० मिनट पछि अनुहार पखाल्ने।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

25 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्