27 C
Kathmandu
Sunday, March 7, 2021
2021 Mar 07, Sunday 12:08

TRENDING .

मधेसी मोर्चाको बैठक आज राजविराजमा

- Advertisement -


​आश्विन ५, २०७२- ३९ दिनदेखि जारी मधेस आन्दोलनको पछिल्लो रणनीति निर्धारण गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज राजविराजमा बस्ने निश्चित भएपनि समय र स्थान सार्वजनिक गरिएको छैन । मोर्चाले आन्दोलनको समिक्षा र आगामी स्वरुप बारे छलफल गर्न बैठक गर्न लागेको हो ।

आन्दोलनलाई यही स्थितिमा निर्णायक बनाउने गरी उचाई दिने मनस्थितीमा मोर्चाभित्रका केही दलहरु रहेका छन् । भने मोर्चा भित्रकै केही दलहरु आन्दोलनको स्वरुप परिवर्तन गर्ने मुडमा देखिएका छन् ।
स्रोतका अनुसार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले लामो समयदेखि बन्द रहेका बजार ब्यवसाय र शैक्षिक संस्था सुचारु गराई आन्दोलनको स्वरुप परिवर्तन गर्ने मनसायमा छन् । उनले काठमाडौंलाई दवाब पुग्ने गरी राजमार्ग र भन्सार केन्दि्रत आन्दोलन गर्नुपर्ने राय प्रकट गर्ने गरेको मोर्चा स्रोतले जनाएको छ । सदभावना अध्यक्ष्ा राजेन्द्र महतो भने यही स्थितिमा आन्दोलनलाई थप सशक्त पार्दै निणर्ायक बनाउने पक्षमा छन् ।

मोर्चाका बैठकलागि आईतबार नै फोरम अध्यक्ष उपेन्द्र यादव राजविराज आईसकेका छन् भने । बिहान प्रधानमन्त्री सुशील कोइरालासँगको भेटवार्तापछि पार्टी सहअध्यक्ष हृदयश त्रिपाठीसँगै तमलोपा अध्यक्ष महन्थ ठाकुर विराटनगर पुगिसकेका छन् । उनी केही बेरमा राजविराज आइपुग्ने कार्यक्रम छ । सदभावना पार्टीका अध्यक्ष महतो र वरिष्ठ नेता लक्ष्मणलाल कर्ण बीरगञ्जबाट भारतको बाटो हुँदै आउने भएकाले अपरान्ह मात्रै राजविराज पुग्न सक्ने सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिए ।
आजको बैठकमा मोर्चालाई विस्तार गरी मधेस-थरुहट लगायतका आन्दोलनमा रहेका अन्य दल तथा शक्तिहरुलाई समावेश गराउने अर्को प्रमुख एजेन्डा रहेको छ । यस एजेन्डामा पनि मोर्चामा एक मत हुन सकेको छैन ।
स्रोतले भन्यो, ‘आन्दोलन सुरु गरेको मधेसी मोर्चाकै अगुवाईमा आन्दोलनलाई निष्कर्षमा पुर्‍याउने मूडमा उपेन्द्र यादव छन् भने आन्दोलनरत सबै दललाई एउटै मोर्चामा एकताबद्ध गरी आन्दोलनलाई उचाईमा पुर्‍याउनेतर्फ राजेन्द्र महतो लागिपरेका छन् ।’
यसैबीच गत भदौ २४ गते भैरहवामा सम्पन्न मोर्चाको बैठकमै अनिल झा, जेपी गुप्ता, विजय गच्छदार, मातृक यादव, शरतसिंह भण्डारीसहितका नेतृत्वमा रहेका दलहरु मधेसी मोर्चामा एकबद्ध हुने प्रस्ताव आएपनि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको अडानको कारण निर्णय हुन सकेको थिएन । तर, भदौ २९ मा काठमाण्डौमै सम्पन्न मोर्चाको अनौपचारिक बैठकमा मोर्चालाई विस्तार गर्ने प्रस्तावमा सहमति जुटिसकेको छ । यद्यपी आजै राजविराजमा बस्न लागेको मोर्चाको बैठकमा अनिल झा, जेपी गुप्ता, विजय गच्छदार, मातृक यादव, शरतसिंह भण्डारीसहितका नेतृत्वमा रहेका दलका प्रनितिधिहरु सहभागी हुने विषय यकिन हुन नसकेको सद्भावनाका महासचिव सुमनले बताए ।

ताजा खबर

- Advertisement -

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्