27 C
Kathmandu
Sunday, March 7, 2021
2021 Mar 07, Sunday 10:54

TRENDING .

महोत्तरीको सीमामा भारतीय पक्षबाट कडाई

- Advertisement -


​आश्विन ५, २०७२- भारतले सीमा क्षेत्रमा मंगलबारबाट सुरक्षा व्यवस्था कडाई गरेको छ । भिट्ठामोड नाकामा थप एसएसबी परिचालन गरिएको छ । यसअघि निर्वाद रुपमा हुने गरेको मानिसहरुको सीमावारपार ओहर दोहरमा असहजता आएको छ ।
एसएसबीले जीप, मोटरसाईकल, साईकलको आवागमनमा रोक लगाएको छ । पैदल मानिसहरुलाई सुरक्षा जाँच पछि आउन जान दिइएको छ । सीमा क्षेत्रमा सामान्यदिन भन्दा बढी सुरक्षाकर्मी र चेक जाँच देखिएको छ ।
एसएसबीका सब इन्सपेक्टर रमेश शर्माले माथिको आदेशमा सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको बताए । ‘निकट भविष्यमा बिहारमा चुनाव हुँदैछ,’ उनले भने ‘नेपाल पटि्ट सीमा क्षेत्रको अवस्था सामान्य छैन । त्यसैले सुरक्षामा कडाई गरिएको छ ।’ महोत्तरीको मटिहानी र सम्सी नाकामा पनि सवारी साधन आवागमनमा रोक लगाइएको छ ।

ताजा खबर

- Advertisement -

Related news

24 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्