27 C
Kathmandu
Tuesday, March 9, 2021
2021 Mar 09, Tuesday 07:42

TRENDING .

ट्वीटरमा वर्ल्डवाइड ट्रेन्ड बन्दै #BackOffIndia

- Advertisement -

twitter-trends-Backofindia५ असोज, काठमाडौं । भारतले नेपालमाथि नाकाबन्दी लगाउने आशयको विज्ञप्ति जारी गरे लगत्तै सामाजिक सञ्जाल ट्वीटरमा शुरु भएको ‘ब्याक अफ इण्डिया’ ट्रेन्ड विश्वव्यापी रुपमा भाइरल बनेको छ ।

नेपालको संविधानप्रति तिब्र असन्तोष जनाउँदै तेल आपूर्तिसमेत रोकेपछि सामाजिक संजालमा नेपालीहरुले भारत फिर्ता जाउ अभियान सुरु गरेका थिए ।

यो ट्रेण्डमा हजारौं पाकिस्तानीहरु समेत सहभागी भएका छन् भने भारतकै पन्जाबीहरु समेत भिडेका छन् । पन्जाबीहरुले स्वतन्त्र खालिस्तानको नारा पुनः व्युँताउदै ब्याक अफ इण्डिया ट्रेडलाई समर्थन गरेका छन् । नेपालीहरुले शुरु गरेको ब्याक अफ इण्डिया ट्रेन्डलाई पाकिस्तानी ट्वीटेहरुलाई विश्वव्यापी बनाउने अभियान चलाएका छन् । यो अभियानमा पाकिस्तानी युवा युवती धेरै सहभागी भएका छन् ।

पाकिस्तानी नागकिर युसफ मल्लिक लेख्छन्-प्रिय नेपाली दाजु भाइ ब्याक अफ इण्डिया ट्रेन्ड अब विश्वव्यापी बन्दैछ, हामी यसलाई विश्वव्यापी बनाउनेछौं, तपाईहरु ट्वीट गर्दै जानुस् ।

त्यस्तै पन्जाबी नागरिक जसदीप सिंहले यो ट्रेण्डलाई समर्थन गर्दै खालिस्तानमा राष्ट्रसंघीय हस्तक्षेप आवश्यक रहेको औल्याएका छन् ।
‘भारतले हजारौं शिखहरुलाई मारेको छ, हामी भारतबाट कुनै पनि मूल्यमा स्वतन्त्रता चाहान्छौं’ उनले लेखेका छन् ।
पाकिस्तानीहरुले स्थापित गरेको ‘ब्याक अफ इण्डिया’ ट्रेण्डमा गोर्खाल्याण्ड नेपालीहरुको जन्मस्थल भन्दै भारतले जबर्जस्ति कब्जा गरेकाले नेपाललाई फिर्ता गर्नुपर्ने आवाज समेत उठाइएको छ ।

पाकिस्तानी किशोरी जारी अल्बी लेख्छिन्-गोर्खाल्याण्ड नेपाली भूमी हो, भारतले कब्जा गरेको छ । गोर्खालीहरुले भारतलाई बचाए तर, बदलामा भारतले नेपाललाई के दिदै छ ?

यो ट्रेण्डलाई विश्वकै एक नम्बर बनाउने अभियान चलाइएको पाकिस्तानी ट्वीटेहरुले जनाएका छन् ।

कृपया सक्दो सहरे गरेर सबैलाई जानकारी गराउनु होला 

ताजा खबर

- Advertisement -

Related news

90 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्