27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 06:19

TRENDING .

नाकाबन्दीको समाचारपछि राजधानीमा पेट्रोल को चिन्ता

- Advertisement -


​५ असोज, काठमाडौं । भारतले रक्सौल भन्सारमा तेल बोकेका ट्यांकर रोकेको खबर आउनासाथ राजधानीका उपभोक्ताहरुमा तेल नपाइने हो कि भन्ने चिन्ता देखिएको छ । तर, सरकारी अधिकारीहरुले भने नाकाबन्दी भइनसकेको र रोकिएका ट्याङकरहरु चाँडै छुट्ने बताएका छन् ।

यसैक्रममा उच्च सरकारी तहमा तेलको आपूर्ति सहज बनाउने विषयमा छलफल सुरु भएको छ । बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरोकारवाला निकायहरुले भारतले गरेको भनिएको भन्सार अवरोधका विषयमा छलफल थालेका छन् ।

बाणिज्य अधिकारी भन्छन्- नाकाबन्दी भएको छैन, तेल आउँछ

वीरगञ्ज भन्सार प्रमुख मित्रलाल रेग्मीले नेपाल आयल निगमले आवश्यक कागजपत्र नलगेका कारण ट्याङ्कर रोकिएको भन्दै रिर्पोटिङ गरेको बैठकमा सहभागी एक उच्च बाणिज्य अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

रेग्मीले कागजी प्रक्रिया पूरा गरेलगत्तै ट्याङ्कर छुट्ने भन्दै टेलिफोनमार्फत बाणिज्य अधिकारीलाई आश्वस्त गरेको बुझिएको छ ।

भारतले नाकाबन्दी नै लगाएको अववस्था नरहेको सपष्ट गर्दै अफवाह फैलाउन नहुने ती बाणिज्य अधिकारीले बताए । उनले राजनीतिक विषयका कारण यस्ता समस्या उत्पन्न भएकाले त्यही तहमा छलफल गरेर सुल्झाउनुपर्ने पनि उल्लेख गरे ।

यदि भारतले नाकाबन्दी नै लगाए त्यससँग जुध्नका लागि तयारी भने गरिने उनले उल्लखे गरे । ‘नकाबन्दी लागिसकेको हैन, हामीले अहिले नै उच्च आशंका गर्नु पनि ठीक हुन्न । नकाबन्दी लागिहाले त्योसँग जुध्न पनि पर्छ नै, त्यसका लागि त तयारी हुनैपर्छ,’ उनले भने ।

ताजा खबर

- Advertisement -

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्