नवलपरासी ४ असोज । आईतबार नेपालको संबिधान २०७२ जारी भएपछि यहाँका राजनीतिक दलहरुद्धारा आज कावासोतीमा संबिधानको स्वागतमा भब्य कायृक्रम सम्पन्न भएको छ ।
नया संबिधानले अव देशमा दिगो शान्ती , स्थापना गरि मुलुकले बिकास निर्माणमा फड्को मार्न सक्ने अवस्थाको सिर्जना भएको भन्दै नवलपरासी बासीले खुशीयाली मनाएका छन् । पटक पटकको बन्द र हडतालको मारमा परेका नवलपरासीका उद्योग व्यवसायीहरु नेपालमा संविधान जारी भएकोमा सबैभन्दा बढी खुशी देखिएका छन् । संविधान जारी भएसँगै बन्द हडताल पनि हट्ने आशामा उनीहरु धेरै खुसी देखिएका हुन् । व्यवसायीहरुले नयाँ संविधान घोषणासँगै मुलुकमा बन्द हडताल पनि अन्त्य भएको उद्योग बाणिज्य संघ देबचुलीका अध्यक्ष धर्म बस्यालले बताउनुभयो । संविधान निर्माणले अब विकास निर्माण प्रकृयामा समेत नयाँ ढोका खुलेको उद्योग बाणिज्य संघ गैडाकोटका अध्यक्ष अमृत भटट्चनले बताउनुभयो ।
कावासोतीमा संबिधान जारी भएको ख’शियालीमा बृहत् मोटर साईकल र्याली आयोजना गरिएको थियो । बिभिन्न राजनैतिक दल नवलपुर उद्योग वाणिज्य संघ , बिभिन्न संघ संस्था, नागरिक समाजका अगुवा लगायत सर्वसाधारणको सहभागितामा बाजागाजा सहितको र्याली आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली काग्रेंस,एमाले,एमाओबादी,राप्रपा,राप्रपानेपाल जनमोर्चा लगायतका दलका नेताहरुलेनेपालको संबिधान उत्कृष्ट रहेको चर्चा गर्दै अब मुलुकले बिकासको फड्को मारेर समृद्धिको बाटोमा लाग्ने भएकाले यो नेपाली जनताको जीत भएको बताएका थिए ।
नेपाली कांग्रेस देउराली गाउं समितीको आयोजनामा नया संबिधान स्वागतार्थ दीप प्रज्वलन गरि पार्टी कार्यालय देउराली ४ बेल्हानीमा खुशीयाली मनाईएको छ । पार्टी सभापती ओमनसिह रजालीको सभापतित्व तथा कांग्रेस महासमिती सदस्य लक्ष्मी पाण्डेको प्रमुख आथित्यता सम्पन्न सो कार्यक्रममा आसपासका सयौ पार्टी कार्यकर्ता उपस्थीति रहेको थियो । जसमा क्षेत्रिय सचिव भिमनारायण रेग्मी , सदस्य प्रेम बहादुर कार्की , महाधिबेशन प्रतिनिधी बिर बहादुर कुमाल, क्षेत्रिय सदस्य रेवती सारु , तरुण दलका अध्यक्ष बलबहादुर राना , वार्ड नं ४का वडा सभापती कृष्ण प्रसाद पाण्डे लगायतकाले बोल्नुभएको थियो
यसै गरि आजै गैंडाकोट नगरपालिकामा बिशाल जुलुशले नगर परिक्रमा गर्दै नेपालको संबिधान २०७२ को स्वागतमा र्यालीको आयोजना गरि कार्यक्रम सम्पन्न गरेको गैंडाकोट नगरपालिकाका कार्यकारी अधिकृत बद्री तिवारीले बताउनुभयो ।आज जिल्लाको सयौं ठाउँमा संबिधानको जारी भउको खुशियालीमा दीप प्रज्जवलन र बाजा गाजा सहित खुशियाली मनाईएको गैंडाकोटका स्थानीय गण्ोशराज गिरीले बताउनुभयो ।
-हेमराज रानाभाट