हिन्दु राष्ट्र स्थापनाको माग राख्दै लामो समयदेखि आन्दोलनरत राष्ट्रिय हिन्दु युवा मञ्च नेपालले धर्म निरपेक्ष संविधान बहिस्कार गर्ने घोषणा गरेको छ । १७ दिन सम्म राजधानीको खुल्ला मञ्चमा आमरण अनसन कार्यक्रम आयोजना गरेको मञ्चले सोमबार पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीले आफूहरुसँग सहमति गरेर ३६ घण्टा भित्र हिन्दु राष्ट्र कायम गर्ने प्रतिबद्धता ब्यक्तगरे पनि धोका दिएर धर्म निरपेक्ष संविधान जारी गरेको भन्दै बिरोध जनाएका हुन् । पत्रकार सम्मेलनमा नै मञ्चले धर्म निरपेक्ष लेखिएको धारा ४, धर्म परिवर्तनको ब्यवस्था गरिएको धारा २६ लाई च्यातेका थिए । पत्रकार सम्मे.लनमा बोल्दै राष्ट्रिय हिन्दु युवा आन्दोलन नेपालका संयोजक सागर कटुावालले षडयन्त्रमुलक रुपमा हिन्दु राष्ट्र हटाईएको भन्दै आफूहरु अब हिन्दु राष्ट्र पुन स्थापित नहुन्जेलसम्म हिन्दुबादी संघ सस्थाहरुलाई गोलबन्द गरेर अघि बढ्ने बताउनुभयो ।
राष्ट्रिय हिन्दु यूवा मञ्च नेपालका संयोजक प्रेमनिधी भारद्धाजले धर्म निरपेक्षता मुलुकप्रतिको गद्दारी भएको बताउनुभयो ।