27 C
Kathmandu
Tuesday, March 2, 2021
2021 Mar 02, Tuesday 12:42

TRENDING .

कांग्रेस पदाधिकारीको पद ६ महिना थप

- Advertisement -

नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको बैठकले पार्टीका केन्द्रदेखि गाउँ कार्य समितिसम्मका पदाधिकारीको पदावधि ६ महिना थप गरेको छ । हिजोदेखि लागु भएको नेपालको संविधान २०७२ को धारा २६९ को बाधा अड्काउ सम्बन्धि व्यवस्थालाई टेकेर ६ महिना म्याद थप गरिएको र यो अवधिमा महाधिवेशन गरिसक्ने जानकारी निर्वाचन आयोगलाई गराउने निर्णय बैठकले गरेको छ । कांग्रेसको विधानअनुसार महाधिवेशन भएको ५ वर्ष पूरा भई भोलिदेखि यो कार्यसमितिको म्याद समाप्त हुनेथियो ।
केन्द्रिय सदस्य बद्री पाण्डेका अनुसार बैठकले संविधान जारी गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा राष्ट्रपति, सभाध्यक्ष, सभासद्हरु लगायत देशवासीलाई धन्यवाद र बधाई दिएको छ । र, आन्दोलनमा रहेका असन्तुष्ट पार्टीहरुलाई वार्तामा आउन पनि आह्वान गरेको छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्