27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 07:03

TRENDING .

अन्तर्राष्ट्रिय शान्ति दिवस मनाईंदै

- Advertisement -


​असोज ४- चितवन,

अन्तर्राष्ट्रिय शान्ति दिवस आज नेपालमा पनि मनाइदैछ । ‘शान्तिका लागि सहकार्य सबैका लागि सम्मान’ भन्ने नाराका साथ शान्ति दिवस मनाउन मनाईंन लागेको हो । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २१ तारिखमा यो दिवस मनाउने गरेको छ । संविधान जारी भएसँगै नेपालमा शान्ति प्रक्रिया निस्कर्षमा पुगेकाले आज थप उल्लासका साथ मनाइँदैछ ।

राष्ट्रसंघको ५६ औँ वार्षिक साधारण सभाले प्रस्ताव पारित गरी विश्वव्यापी रुपमा हिंसा र युद्धको समाप्तिको दिनको रुपमा आजको दिनलाई अन्तर्राष्ट्रिय शान्ति दिवसको रुपमा मनाउने घोषणा गरेपछि नेपालले २०६५ सालदेखि यो दिवस मनाउन थालेको हो । दिवसका अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्री सुशील कोइरालाले संविधानले लोकतान्त्रिक शासन पद्धति, दिगो शान्ति, समृद्धिको ढोका खालेको बताउनु भएको छ ।

उहाँले एक दशक लामो सशस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तण गरी शान्ति सम्झौताले निर्देशन गरे बमोजिम संविधानसभाबाट संविधान जारी गर्न सकेकोमा खुशी व्यक्त गर्नुभएको छ । सबैलाई शुभकामना पनि प्रधानमन्त्रीले दिनुभएको छ ।

ताजा खबर

- Advertisement -

Related news

92 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्