27 C
Kathmandu
Sunday, March 7, 2021
2021 Mar 07, Sunday 11:07

TRENDING .

नवलपरासीको डण्डामा कालो झण्डा राख्ने कुटिए

- Advertisement -

IMG_20150920_125726_1442798286नवलपरासीको डण्डामा पहिचान सहितको संविधान जारी नगरेको विरोधमा उत्रिएका र स्वागतमा उत्रिएकाबीच झडप भएको छ । झडपमा परी दुबैतर्फका एक एक जना गरी दुई जना घाइते भएका छन् ।विरोधमा रहेकाहरुले कालो झण्डा राखेको ठाउंबाट झण्डा झिक्ने क्रममा झडप हुंदा दुई जना घाइते भएका हुन् । विरोधमा उत्रिएकाको हिरा महतो र स्वागतमा उत्रिएका शिवशंकर सुनार घाइते भएका छन् । दुवै कावासोती नगरपालिका डण्डाका बासिन्दा हुन् । दुवैको उपचारका लागि कालीगण्डकी अस्पताल डण्डामा राखिएको छ ।

आज संविधान जारी हुनेदिन नवलपरासीमा संविधान जारी भएकोमा स्वागत गर्ने र विरोध गर्नेको दुवैको र्‍याली र कोणसभा भएको छ । नवलपरासीको नवलपुर क्षेत्रमा स्वागत गर्ने पक्षधरहरुले दुई दिनअघिदेखि ठाउंठाउंमा दिपावली गरेको छ भने आज चोक चोकमा राष्ट्रिय झण्डा राखेर टेण्ट टांगेर राष्ट्रिय गीत बजाउंदै स्वागत गरेका छन् ।

स्वागत गर्नेहरु नवलपरासीको कावासोती, डण्डा, चोरमारा, अरुणखोला, प्रगतिनगर, गैडाकोट लगायतका चोकमा रहेका छन् । त्यसैगरी परासी क्षेत्रको अन्य क्षेत्रमा स्वागतको कार्यक्रम नभए पनि बर्दघाटको बर्दघाट र चिसापानीमा सांझ दिपावली गरिएको छ । त्यसैगरी सुनवल, भूमही, भुताहा लगायतका क्षेत्रमा पनि दिवापली गरिएको छ ।

त्यसैगरी वैद्य नेकपा माओवादी, विप्लप नेकपा माओवादी, संघीय समाजवादी फोरम नेपाल, जनमुक्ति पार्टी लगायत दलहरुले आजको दिनलाई कालो दिनको रुपमा व्याख्या गर्दै गरेको बन्दका कारण नवलपरासीको नवलपुर क्षेत्र ठप्प रहेको छ । बजार कलकारखाना, पसल खुल्न सकेका छैनन् । आन्दोलनकारीहरुले डण्डादेखि कावासोती र रजहरमा कालो झण्डा लिएर र्‍याली समेत निकालेका थिए ।

त्यसैगरी नवलपरासीको परासीमा लगायतका क्षेत्रमा दिपावली नगर्न मधेषी दलले उर्दी जारी गरेको छ । उनीहरुले आज परासी क्षेत्र कालो झण्डा सहित प्रदर्शन गरेका थिए । सोही क्रममा परासीको बुद्धचोकमा कालो झण्डा राख्न खोज्दा प्रहरीले दुई जना आन्दोलनकारीलाई कुटपिट गरेको छ ।त्यस्तै मधेषी दलले सांझ परासी, गोपीगञ्ज, महेषपुर लगायतका क्षेत्रमा सांझ ७ बजेदेखि ८ बजेसम्म घरघरमा ब्लाक आउट गर्न उर्दी जारी गरेको छ ।

संबिधानसभाबाट संबिधान आउने निश्चित भएपछि जिल्लाका बिभिन्न क्षेत्रमा संम्बन्धित सबै सरोकारवालाहरुले संबिधान मार्फत सबै नेपालीमा हक अधिकार ग्यारेन्टी भएको निष्कर्ष निकालेकादै देशका सबै उद्योगी ब्यापारीहरुमा थप लगानीमैत्री बाताबरण सृजना भएको उद्योग बाणीज्य संघका अध्यक्ष भरत थापाले भने ।

नवलपरासीको नवलपुर क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, तिनका भातृसंगठन, उद्योगी व्यवसायी, विभिन्न उद्योग वाणिज्य संघ, जेसिज, क्लब लगायतका नाउमा संविधान आएको खुसियालीमा दिपावली गरिएको छ ।

ताजा खबर

- Advertisement -

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्