३ असोज, भैरहवा । नयाँ संविधान घोषणाको दिनलाई ‘कालो दिन’को संज्ञा दिएका मधेसी मोर्चाका कार्यकर्ताहरुले आइतबार नवलपरासीमा कालोझण्डा सहित जुलुस निकालेका छन् ।
शान्ति चोकदेखि मञ्जरिया चोकसम्म र्याली मौन जुलुस निकालिएको हो । जुलुसमा सहभागीहरुले हातमा कालो झण्डा बोकेका थिए भने मुखमा कालोपट्टी बाँधेका थिए ।
नवलपरासी सदरमुकाम परासीमा भने स्थानीय प्रशासनले निषेधाज्ञा जारी राखेको छ ।
नयाँ संविधानमा आफूहरुका माग सम्वोधन नभएको भन्दै मधेसी मोर्चाले देशभर विरोध प्रदर्शन र आन्दोलनलाई जारी राखेको छ । मधेस केन्द्रित दलहरुले आजको दिनलाई कालो दिवसका रुपमा मनाउन आहृवान गरेका छन् ।
आइतबार विरोध प्रदर्शनको क्रममा वीरगञ्जमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ भने सप्तरी र सिराहामा पनि तनाव छ ।