27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 01:38

TRENDING .

भैरहवामा नयाँ संविधानको कतै स्वागत कतै ब िरोध

- Advertisement -


​भैरुहवा – नेपालको संविधान २०७२ जारी हुने दिन भैरहवामा मिश्रित प्रतिक्रिया देखिएको छ । भैरहवाको बेलहिया, नयाँ सडक, बुद्धचोक, नारायण पथ लगायतको स्थानमा संविधानको घोषणासंगै दीपावली गर्ने कार्यक्रम रहेको छ । संविधान घोषणा लगत्तै दीपावली गरि खुशी साटासाट गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले गरेको आग्रह अनुसार भैरहवाका प्रत्येक सरकारी, गैरसरकारी कार्यालयहरुमा दिपावली गर्ने कार्यक्रम तय गरिएको हो । यसै गरी नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी तथा अन्य सरकारमा रहेका दलहरुले आफ्ना कार्यकर्ता तथा पार्टी कार्यालयहरुमा राती ७ बजे देखी ९ बजे सम्म दिपावली गर्न आग्रह गरेका छन् ।

तर, भैरहवामा संविधानको स्वागतमा दीपावली मात्र हैन, संविधान जारी भएको बिरोधस्वरुप आन्दोलनमा रहेका मधेशी, नेकपा–माओवादी लगातयका दलहरुले कालोपट्टी र कालो झण्डा देखाई बिरोध गरिरहेका छन् । भैरहवाको बनगाई र धकधईबाट बिरोध स्वरुप निस्किएको र्यालीले भैरहवामा जारी रहेका निषेधित क्षेत्रको सीमानासम्म पुगेर बिरोध प्रदर्शन गरेको छ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक महेन्द्र यादवको नेतृत्वमा बनगाईबाट निस्कििएको बिरोध र्याली गौतम बुद्ध बिमानास्थलस्थित मायादेवी चोकसम्म पुगेको थियो भने पूर्व तर्फ देवेन्द्र पाण्डेको नेतृत्वमा धकधईबाट निस्किएको र्याली भैरहवा भुमही सडक खण्डको बाईपास सम्म पुगेको थियो । मुखमा कालोपट्टि बाँधी निस्किएको रयाली शान्ती पूर्ण रहेको थियो ।

भैरहवामा संविधानको स्वागत र बिरोध दुवै देखिए पनि अहिलेसम्म भने कुनै अप्रिय घटना भएको छैन । यसैबीच नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीले गरेको बन्दको कारण भैरहवा तथा यस आसपासका जनजीवन प्रभावित भएको छ । बन्दका कारण सवारी साधन चल्न सकेको छैनन् भने व्यापारिक प्रतिष्ठान, उद्योग कल कारखानाहरु पनि ठप्प रहेका छन् ।

यसैबीच बन्द गराउँदै हिडेको आरोपमा १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । नेपाल बन्द कार्यक्रमको क्रममा बुटवल १२ स्थित राजमार्ग चौराहमा जबरजस्ती पसल बन्द गराउँदै हिँड्ने बन्दकर्तालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जिल्ला रुपन्देही तिलोत्तमा न.पा. १ शंकरनगर बस्ने रुपन्देही मगर संघका सदस्य वर्ष ६० को खुमबहादुर राना, बुउमनपा २२ मोतिपुर बस्ने नेकपा माओवादी बैध समुहका जिल्ला संयोजक वर्ष ५७ का भुलबहादुर सुनारी, बुउमनपा ५ गोलपार्क बस्ने नेपाल मगर संघका जिल्ल सदस्य वर्ष ४८ का लक्ष्मण सलामी, बुउमनपा ४ पारी बुटवल बस्ने संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य तथा मगर संघ पाल्पा जिल्ला अध्यक्ष वर्ष ३८ को नबिन कुमार सुनुवार, बुउमनपा १३ देविनगर बस्ने नेकपा माओवादी वैद्य समुहका कार्यकर्ता वर्ष ५० का मणि भट्टराई, तिलोत्तमा न.पा. १ शंकरनगर बस्ने मगर संघ जिल्ला संयोजक वर्ष ६३ का यमबहादुर सलामी मगर रहेका छन् ।

यसै गरि शनिबार नियन्त्रण लिईएकामा जिल्ला रुपन्देही देवदह नपा ११ चरंगे बस्ने अखिल क्रान्तीकारी (विप्लव समुहका) जिल्ला अध्यक्ष वर्ष २५ को मनकुमार कनौजे, बुउमनपा १३ मझुवा बस्ने नेकपा माओवादी विप्लव समुहका जिल्ला सदस्य वर्ष २३ का सकिल मिया, जिल्ला स्याङजा थुमपोखरा ५ घर भई हाल बुउमनपा ६ पाल्पारोड बस्ने अखिल क्रान्तीकारी जिल्ला सदस्य वर्ष १८ का भुवन न्यौपाने र जिल्ला रुपन्देही बुउमनपा ६ बस्ने गाडी चालक वर्ष ३७ का ईश्वरी दुलाल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

संविधान जारी हुदा भैरहवा तथा यस आसपासमा कुनै अप्रिय घटना हुन नदिन रुपन्देही प्रशासन सुरक्षा व्यावस्था कडा बनाएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले बताए ।

bhairahawa ashoj 3 prostest (6)bhairahawa ashoj 3 prostest (3)bhairahawa ashoj 3 prostest (5)bhairahawa ashoj 3 prostest (2)

ताजा खबर

- Advertisement -

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्