27 C
Kathmandu
Saturday, March 6, 2021
2021 Mar 06, Saturday 11:15

TRENDING .

मृतकका परिवारलाई किरियाखर्चको संकट

- Advertisement -


​३ असोज, जनकपुर । सीमांकको विरोधमा मधेसी मोर्चाले थालेको आन्दोलनका क्रममा महोत्तरी सदरमुकाम जलेश्वरमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी मृत्यु भएका अमित कापरको परिवार अहिले छोराको किरियाखर्च जुटाउनसमेत असमर्थ छ ।

जलेश्वर नगरपालिका १४ बखरीका २२ वर्षका अमित परिवारमा एक्लो कमाउने व्यक्ति थिए । विपन्न परिवारका अमितको बिहे सानै उमेरमा भएको थियो । बिहे भएकै वर्ष छोरा जन्मेपछि परिवारको खर्चको जोहो गर्न उनी ऋण काढेर खाडी मुलुक गएका थिए । त्यहाँ एक वर्ष काम गरेपछि उनी घर फर्किएका थिए । विदेशमा कमाएको रकम ऋणको व्याज तिर्नमै गयो । ऋण तिर्न अझै बाँकी रहेको आमा चन्द्रकलाले बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।

मेहनती स्वभावका अमितले गाउँमै मजदुरी गरेर ऋण तिर्ने निर्णय गरी ज्यालादारी रुपमा ट्याक्टर चलाएर ढुवानीको काम गर्ने गरेका थिए । उनी बुधबार जलेश्वरमा मोर्चाको जुलुसमा सहभागी हुन गए । झडपमा प्रहरीको गोली लागेर उनको मृत्यु भयो । उनको मृत्युपछि बुढी आमा चन्द्रकला, पत्नी गुडिया र चार वर्षका छोरा अमनको बिजोग भएको छ ।

ताजा खबर

- Advertisement -

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्