27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 02:04

TRENDING .

मधेसमा आन्दोलनको आधार सकियो : प्रचण्ड ‘भोल ि प्रदेशको संख्या १४ बन्न सक्छ’

- Advertisement -

२ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले अब मधेसमा आन्दोलन गरिरहनुको औचित्य सकिएको भन्दै आन्दोलनरत दलहरुलाई सहमतिमा आउन आग्रह गरेका छन् ।

‘मधेसमा आन्देालन गरिराख्नु पर्ने आधार छैन, मधेस केन्दि्रत साथीहरु वार्तामा आउनुस्,’ बालुवाटारमा आयोजित तीनदलको पत्रकार सम्मेलनमा शनिबार प्रचण्डले मधेसी नेताहरुलाई सम्बोधन गर्दै भने- ‘तपाईहरुसँग बसेर नै छलफल गर्न चाहन्छौं भनेपछि भएन भन्नु तर्कसंगत छैन ।’

मधेसमा आन्दोलनको औचित्य सकिएको बताएका प्रचण्डले अब मधेसमा नागरिकताको समस्या छ भन्ने ठाउँ पनि नरहेको बताए ।

त्यस्तै ‘निर्वाचन क्षेत्र निर्धारणमा जनसंख्यालाई प्राथमिकता दिने विषय पनि तीन दलको वक्तव्यमा उल्लेख भएको उनले स्पष्ट पारे । प्रचण्डले भने- ‘अब मधेसमा निर्वाचन क्षेत्र निर्धारणमा हाम्रो जनसंख्यालाई वेवास्ता गरियो भन्ने ठाउँ रहेन ।’

त्यसैगरी सामाजिक न्यायको हकमा समानुपातिक समावेशी अनुसार प्रतिनिधित्व हट्यो भन्ने गुनासो पनि संविधानमा नै व्यवस्था गरिने उनले बताए ।

‘अब रहेको एउटै कुरा भनेको थारु, मधेसी र पहाडका कतिपय जिल्लाका सन्दर्भमा सीमांकन मिलेको छैन भन्ने हो,’ प्रचण्डले पत्रकार सम्मेलनमा भने- ‘यसलाई सीमांकनको सन्दर्भमा नमिलेको प्रश्नमा आयोगलाई आधारमा मानेर संविाधानमै संशोधन गर्न तयार छौं ।’

सीमांकन यस्तो विषय एकै पटकमा भारतमा पनि टुंगिन नसकेको भन्दै प्रचण्डले यसको संख्या भोलि ७ बाट १४ पनि हुन सक्ने बताए । संख्या घट्न पनि सक्ने उनले तर्क गरे । त्यसैले सीमांकनलाई लिएर सिंगै संविधानकै विरोध गर्नु राम्रो नहुने प्रचण्डले बताए ।

थारुको विषय संवेदनशील होइन ? भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले यस सम्बन्धमा आयोगको भूमिका महत्वपूर्ण हुने बताए । उनले भने- ‘के बिर्सन हुँदैन भने इतिहासमा पहिलो पटक सबै उत्पीडत वर्ग समुदायलाई संवैधानिक मान्यतासहितका आयोगहरु बनेका छन्, यसलाई केही होइन भनियो भने विल्कुल तर्कसंगत हुँदैन । बाँकी केही छ भने बसौं सल्लाह गरौं ।’

प्रचण्डले तीन दलको प्रतिवद्धता आइसकेकाले अब संविधान घोषणा समारोहमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् । ‘हामी अपील गर्न चाहन्छौं, भोलि संविधान घोषणा हुँदैछ, आज प्रतिवद्धता आएपछि भोलिको सुअवसरमा सहभागी होऔं ।’

संविधान घोषणा भइसकेपछि आफूहरु मधेस जाने बताउँदै प्रचण्डले भने- ‘म सिराहा जान्छु, त्यहाँ जनताले मलाईर् स्वागत गर्छन् ।’

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्