२ असोज, काठमाडौं । नयाँ संविधान जारी भएको अबसरमा प्रधानमन्त्री सुशील कोइरालाले असोज ४ गते जलपान आयोजना गर्ने भएका छन् ।
राष्ट्रपति डा. रामवरण यादवले आइतबार साँझ ५ बजे संविधानसभा भवन नयाँ बानेश्वरमा आयोजित समारोहमा संविधान घोषणा गर्ने कार्यक्रम छ । संविधानलाई संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले शुक्रबार असोज १ गते शुक्रबार ४ बजे प्रमाणीकरण गरिसकेका छन् ।
संविधान जारी भएको उपलक्ष्यमा सिंहदरबारको ग्यालरी बैठकको प्राङ्गणमा अपराह्न साढे ४ बजे जलपान कार्यक्रम राखिएको छ । रासस