२ असोज, काठमाडौं । नयाँ संविधान जारी भएको खुसीयालीमा राजधानीमा हुने आमसभालाई प्रमुख तीन दल तीन शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।
असोज ४ गते सोमबार आमसभा सैनिक मञ्च टुँडिखेलमा गर्ने तयारी छ । यसबारे सरकारबाट निर्णय गराउने जिम्मा कांग्रेस महामन्त्री कृष्ण सिटौलाले लिएका छन् ।
आमसभाको तयारीका लागि कांग्रेस महामन्त्री सिटौला, एमाले महासचिव ईश्वर पोखरेल र एमाओवादीका कृष्ण सिटौलाको समिति सक्रिय छ ।
नेताहरुका अनुसार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसँग कुनै सहमति भए उनी पनि आमसभामा सहभागी हुनेछन् । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पनि बोलाउनेबारे छलफल भएको छ ।
तीन दलले देशभर पनि संयुक्त रुपमा आमसभा गर्ने तयारी गरेका छन् ।